पोखरा ‘पर्यटनको राजधानी’ घोषणा ४ चैतमा

आदर्श समाज सम्वाददाता
चैत्र १, २०८०
pokhara view

पोखरा  । पोखरालाई आगामी ४ चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक समारोहबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने पोखरा महानगरका मेयर धनराज आचार्यले बताए ।

राजधानी घोषणाअघि बिहान सवा १० बजे लेकसाइडको बसुन्धरापार्कबाट विभिन्न झाँकीसहितको ¥याली निकालिने छ । उक्त ¥याली फेवाताल किनार वाराहीघाटमा पुगेर सभामा परिणत हुनेछ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुने समारोहमा बिहान सवा ११ बजे प्रधानमन्त्रीले औपचारिक रुपमा पर्यटनको राजधानी घोषणा गर्ने कार्यक्रम छ ।

पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गर्न गण्डकी प्रदेश सरकारले यसअघि अध्ययन समिति गठन गरेको थियो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित समितिमा पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि, पर्यटन विज्ञसहित ११ जना सदस्य छन् । जसको प्रतिवेदन तयार भइसके पनि सार्वजनिक गरिएको छैन ।

पर्यटनको राजधानी घोषणाको अन्तिम तयारीसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित छन् । पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले सरकारको निर्णयले आफूहरुलाई निकै खुसी लागेको प्रतिक्रिया दिए । उनले आफूहरुले विगतदेखि उठाउँदै आएको माग बल्ल पूरा हुन लागेको भन्दै यहाँका पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै लगानी भित्राउन मद्दत मिल्ने विश्वास लिए ।

नेपालमा बर्सेनि करिब १० लाख पर्यटक घुम्न आउने अनुमान छ । त्यसको करिब ४० प्रतिशत पोखरा आउने अनुमान छ । पोखरामा प्राकृतिकरुपमा विभिन्न गन्तव्य तय भए पनि मानवनिर्मित संरचना खासै बनेका छैनन् । पोखरा २२, पुम्दीकोटमा हालै निर्मित विशाल महादेवको मूर्ति भने एक पर्यटकीय गन्तव्य हो ।

कार्यक्रम भव्यरुपमा मनाउन पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ । समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरु, पोखरासंग जोडिएका रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, फेदीखोला, सुक्लागण्डकी, कुस्मा र मोदीका प्रमुखरअध्यक्ष, प्रदेशका प्रमुख सचिवसहित सबै सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुखहरु, पोखरा पर्यटन परिषद्, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखा, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, होटल संघ पोखरा, नेपाल पर्यटन बोर्ड पोखरा, महानगरका सबै वडाअध्यक्ष, पर्यटकी संघसंस्थाका प्रमुख, कास्की स्थित सबै संघसंस्था सहभागी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width