प्रशासकीय अधिकृत खेमराजको बिदाइ, विष्णुको स्वागत

आदर्श समाज सम्वाददाता
फागुन २५, २०८०
khemraj devkota
पोखरा, २४ फागुन । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाको सम्मानमा बिहीबार गाउँपालिकाले बिदाइ समारोह गरेको छ । पालिकाका संस्थापक प्रमुख प्रशासकीय अधिकृत समेत रहेका देवकोटा पछिल्लो पटक २०७८ चैत १३ गतेदेखि त्यहाँ कार्यरत थिए । उनको कपिलवस्तुस्थित कृष्णनगर नगरपालिकामा सरुवा भएको हो ।
सो पदमा तनहुँ घिरिङ गाउँपालिकाबाट सरुवा भइ आएका विष्णुप्रसाद पोखरेललाई स्वागत गरियो ।
त्यस अवसरमा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले अधिकृत देवकोटाले आफ्नो कार्यकालमा इमानदारीपूर्वक कार्य गरेको चर्चा गर्दै गाउँपालिकाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । देवकोटाको कार्यकालमा आफूलाई काम गर्न निकै सहज भएको अनुभव सुनाउँदै अध्यक्ष केसीले नवआगन्तुक अधिकृतबाट पनि त्यस्तै सहयोगको अपेक्षा राखे ।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले अधिकृत देवकोटाले अन्नपूर्णमा रहँदा खुलेर कार्य गरेको स्मरण गर्दै त्यसले अन्नपूर्णको समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
अधिकृत देवकोटाले विविध कारणले गाउँपालिका छाड्नु परेको भन्दै कार्यकालमा सहयोग पु¥याउने सबैप्रति धन्यवाद दिए । नवआगन्तुक अधिकृत पोखरेलले अन्नपूर्णको समृद्धिका लागि आफू प्रयासरत रहने भन्दै सबैको साथ मिल्ने विश्वास लिए ।
त्यस अवसरमा पालिका प्रवक्ता भरतमान गुरुङ, वडा ५ का अध्यक्ष जीवनाथ पौडेल (शंकर), प्रशासन शाखा प्रमुख ठाकुरप्रसाद अधिकारी, वडा २ का सदस्य भानुभक्त दाहाल, कर्मचारी दण्डपाणि अधिकारी लगायतले पनि धारणा राखे ।
उनीहरुले स्थानीय तहको मर्मलाई बुझेको अधिकृतलाई बिदाइ गर्नुपर्दा नमिठो लागेको जनाउँदै देवकोटाको समुज्वल भविष्य तथा आगुन्तुक अधिकृतको सफल कार्यकालको कामना गरे । पालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षा अधिकृत बलराम भुगाईले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग