राष्ट्रपतिद्वारा पत्रकार रमेश पौडेल परिवारमा समवेदना प्रकट

आदर्श समाज सम्वाददाता
फागुन २४, २०८०
Indrakala-Paudel-aama

पोखरा। राष्ट्रपति रामचन्द्र पौडेलले पोखराका अग्रज पत्रकार रमेश पौडेल परिवारमा परको शोकप्रति समवेदना प्रकट गरेका छन् ।

रेडियो वाराहीका प्रबन्ध निर्देशक रमेश पौडेलका ममतामयी आमा इन्द्रकला पौडेलको गत फागुन १४ मा पर्वत ज्ञादीमा ९२ वर्षको उमेरमा निधन भएको थियो ।

राष्ट्रपति पौडेलले बिहीबार टेलिफोनमार्फत आमा इन्द्रकलाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पत्रकार पौडेल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

त्यस्तै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापा, कृषिमन्त्री महेन्द्रध्वज जिसी, कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले समवेदना प्रकट गरेका छन् । इन्द्रकलाका रमेशसहित स्व.खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जय शर्मा पौडेल र नेल्टा गण्डकी अध्यक्ष सहदेव पौडेल छोरा छन् भने २ छोरीहरु सीता सापकोटा र विना अधिकारी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग