स्नोकर प्रतियोगितामा प्रिक्वाटरफाइनलका ६ खेल सकिए

आदर्श समाज सम्वाददाता
माघ २४, २०८०
snooker 1

पोखरा । पोखरामा जारी खुला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्तर्गत बुधबार प्रि—क्वाटरफाइनलका ६ खेलहरु सम्पन्न भए । पहिलो खेलमा सारङ राना, मोती पाख्रिन, विकास महर्जन, आयुष गौतम, रेगन श्रेष्ठ र नितेश खान्देवाल विजयी भए । उनीहरु क्वाटरफाइनल प्रवेश गरेका छन् ।

बुधबारको पहिलो प्रिक्वाटरफाइनलमा बुटवलका सारङले काठमाडौंका विकास श्रेष्ठलाई ४–० को सोझो सेटमा पराजित गरे ।

अर्को खेलमा काठमाडौंका मोतीले काठमाडौंकै विनोद श्रेष्ठलाई ४–० को सोझो सेटमा पन्छाए भने पोखराका विकासले हेटौंडाका सोम लामालाई ४–२ सेटमा पराजित गरे ।

इटहरीका आयुषले काठमाडौंका अजय सुनारलाई ४–३ सेटमा पराजित गर्दा अन्तर्राष्ट्रिय खेलाडी काठमाडौंका रेगन श्रेष्ठले पोखराका अनिल सुनारलाई ४–२ को सेटमा पराजित गरे । अन्तिम खेलमा हेटौंडाका नितेशले पोखराका सोम बिकलाई ४–३ को सेटमा पराजित गरेको आयोजक फाइनल स्कोर स्पोर्टस बारका अध्यक्ष सोम बिकले बताए । बिक आफैं पनि प्रतियोगी हुन् । उनका अनुसार खेल वेष्ट अफ सेभेनमा भएको हो ।
बिहीबार क्वाटरफाइनलका खेलहरु हुने छन् ।

२८ माघसम्म संचालन हुने उक्त प्रतियोगितामा देशभरबाट १ सय २३ जना खेलाडीले भाग लिएका छन् । आयोजक फाइनल स्कोर स्पोर्टस् बारका सञ्चालकमध्येका एक प्रताप गुरुङले खेलाडीलाई १ लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने जनाए ।

उपविजेतालाई ७० हजार र तेस्रो हुने २ खेलाडीलाई जनही २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने छ ।

प्रतियोगिताको मुख्य सहयोगी पोखरा महानगरपालिका हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग