पोखराको पर्यटनमा ६ खर्ब लगानी जोखिममा परेको भन्दै ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
माघ १८, २०८०
69acf263-c302-4c65-814c-62fb8e2fc929

पर्यटन मन्त्री किरातीलाई ज्ञापनपत्र बुझाउँदै पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ ।

पोखरा । पोखराका पर्यटन व्यवसायीहरुले निजी क्षेत्रबाट पोखराको पर्यटनमा ६ खर्बका लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

पोखराका पर्यटनसम्बन्ध विभिन्न संघसंस्थाले मुग्लिन–पोखरा सडक बेहाल हुँदा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा आफूहरुको ६ खर्बको लगानी जोखिममा परेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा मंगलबार मन्त्री किरातीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘पर्यटकीय राजधानी शहरको रुपमा घोषणाको प्रक्रियामा रहेको पोखरा जोड्ने मुख्य सडकहरुको हालको अवस्था विकराल रहेको अवस्थामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म पनि अन्तर्राष्ट्रिय उडान सुचारु हुन सकिरहेको छैन । ६ खर्बभन्दा बढी निजी क्षेत्रबाट लगानी रहेको पोखरा र समग्र पर्यटनको विश्वबजारमा थप बजारीकरणको आवश्यकता रहेको अवस्थामा पर्यटन प्रवद्र्धन र विकासका लागि स्थापना भएको नेपाल पर्यटन बोर्ड आफै सुस्ताउन पुग्यो ।’

पोखराका पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डमा पोखराबाट प्रतिनिधित्व नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । पोखरा र यसको सेरोफेरोका पर्यटकीय गन्तव्यहरु छायाँमा परेको भन्दै पर्यटन प्रवद्र्धनका लागि स्थापित बोर्डको ठूलो रकम प्रवद्र्धनभन्दा पनि भौतिक निर्माणका काममा खर्च विनियोजन हुनु दुर्भाग्यपूर्ण भएको जनाएका छन् । बोर्ड जुन उद्देश्यका लागि स्थापना भएको हो, सोहीअनुसार जिम्मेवारी दिन माग गर्दै पोखरामै पर्यटन व्यवसाय सञ्चालन गर्नेहरुबाट प्रतिनिधित्वको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यसका लागि साझा प्रतिनिधित्व हुने गरी प्रतिनिधि सिफारिस गर्न आफूहरु तयार रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठसहित पोखराको पर्यटनसम्बद्ध १९ संघसंस्थाका प्रमुखले हस्ताक्षर गरेका छन् । जसमा पवन प्रजापति (अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ) लक्ष्मण सुवेदी (अध्यक्ष, होटल संघ पोखरा नेपाल), हरिराम अधिकारी (अध्यक्ष, नाट्टा गण्डकी प्रदेश), धर्मराज पन्थी (अध्यक्ष, टान गण्डकी), नरेश भट्टराई (अध्यक्ष, रेवान पोखरा) विकास गुरुङ (अध्यक्ष, नेपाल पर्वतारोहण संघ, गण्डकी), सुनिलबहादुर भट्टराई (अध्यक्ष, नेपाल हवाई खेलकुद संस्था), इन्द्र भण्डारी (अध्यक्ष, एगा पोखरा), प्रमोद भण्डारी (अध्यक्ष, टेसा पोखरा), दुर्गादत्त दाहाल (अध्यक्ष, नेपाल पर्यटक यातायात संघ, गण्डकी), शोभाकुमारी अधिकारी (अध्यक्ष, भिटोफ गण्डकी), शोभाकान्त पौडेल (अध्यक्ष, पोखरेली ट्याक्सी सेवा प्रालि), वीरेन्द्र लामा (अध्यक्ष, नारा पोखरा), बलराम गिरी (अध्यक्ष, फेवा डुंगा व्यवसायी समिति), उमा भण्डारी रेग्मी (अध्यक्ष, महिला पर्यटन व्यवसायी मञ्च), कमला गिरी (अध्यक्ष, पर्यटन व्यवसायी महिला संघ), रुपकराज मिश्र (अध्यक्ष, मुद्रा सटही संगठन पोखरा) र मनशान्त घिमिरे (अध्यक्ष, पोखरा पंक्षी समाज) छन् ।

Related News

सम्बन्धित समाचार

  • एमाले नेता अर्जुन अधिकारीलाई मातृशोक

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन अधिकारीलाई मातृशोक परेको छ । उनका ६० वर्षीया ममतामयी माता दुर्गादेवी…
  • लेकसिटीमा विश्वकल्याण

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको १७ औं साधारण सभा तथा अधिवेशनले संचालक समिति अध्यक्षमा प्राडा विश्वकल्याण पराजुलीलाई चयन…
  • कलाकार माओत्से गुरुङ सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । पोखरेली कलाकार एवं निर्देशक माओत्से गुरुङ सम्मानित भएका छन् । संविधान दिवस सन्दर्भमा चलचित्र विकास बोर्डद्वारा शुक्रबार आयोजित…
  • पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    लेखनाथ । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई लेखनाथ उद्योग वाणिज्य संघले शुक्रबार स्वागत तथा बधाई ज्ञापन गरेको छ ।…
  • अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकीको प्रथम सम्मेलनले गीता शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बिहीबार राति…

hero news full width