फेदीखोलाकाे चण्डीडाँडा माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ १०, २०८०
Chandi dandas

पोखरा । फेदीखोला गाउँपालिका–१, मट्टिखानस्थित चण्डीडाँडा माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार भएको छ । सभा उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा र यससँग जोडिएका पालिकाहरूको विकासमा जोड दिँदै महानगरले यस वर्ष छिमेकी पालिका साझेदारी अन्तर्गत २५ लाख फेदीखोला गाउँपालिकालाई प्रदान गर्ने बताए ।

प्रमुख आचार्यले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षकले मात्र नसक्ने औंल्याउँदै यसमा अभिभावक, विद्यालय व्यवस्थापन समिति पनि जागरुक हुनुपर्ने धारणा राखे ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले विद्यालयमा क्रमागत विशेष अनुदान अन्तर्गत भवनहरू निर्माण भइरहेको जनाउँदै विद्यालयमा ईलाइब्रेरी निर्माणका लागि बजेट विनियोजित गर्ने प्रतिबद्धता जनाए । उनले विद्यार्थीले प्राप्त गर्ने सम्पूर्ण छात्रवृत्ति उनीहरूकै खातामा पठाउने प्रबन्ध गर्न लागिएको जानकारी पनि दिए ।

शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जा प्रमुख विश्वराज आचार्यले सिकाइ प्रक्रियामा सूचना तथा प्रविधिको उचित प्रयोग गर्नुपर्ने औंल्याए ।

त्यस अवसरमा प्रधानाध्यापक अमृत श्रेष्ठले विद्यालयको प्रतिवेदन र लेखा शिक्षक नारायणप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रमका बीच विभिन्न अक्षयकोषबाट प्राप्त छात्रवृत्ति, शैक्षिक तथा खेलकुद पुरस्कार वितरण गरियो ।त् यस्तै विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरियो । दीर्घसेवा पदकबाट शिक्षक भीमबहादुर गुरुङ,

वर्ष शिक्षकबाट विपीन थापा, वर्ष अभिभावकबाट सुमित्रा सुवेदी साथै निवर्तमान प्रधानाध्यापक लालप्रसाद शर्मा पनि पुरस्कृत भए ।
विद्यालयका अध्यक्ष हरि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक कुलचन्द्र पौडेलले स्वागत तथा शिक्षक बन्धुराज पौडेलले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width