फेदीखोला समाजका सदस्यलाई जिएमसीमा छुट

आदर्श समाज सम्वाददाता
पौष २५, २०८०
fedikhola newss

पोखरा ।  शिक्षा र स्वास्थ्यलाई अग्रस्थानमा राखी सामाजिक कार्यमा सक्रिय बृहत फेदीखोला पोखरा सम्पर्क समाजले बुधबार गण्डकी मेडिकल कलेज (जिएमसी) पोखरासँग स्वास्थ्य परीक्षणमा छुटसम्बन्धी सम्झौता गरेको छ ।
स्वास्थ्य परीक्षणमा छुट सम्झौता कार्यक्रममा संस्थाका कोषाध्यक्ष जितबहादुर क्षेत्री (राजकुमार) को संयोजकत्वमा संस्थाका अध्यक्ष जगदीश लामिछाने, सचिव मीनप्रसाद सुवेदी र सदस्य सूर्य पौडेल तथा अस्पतालका सिइओ प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ लगायत कृष्ण पौडेल र डा. टुकमाया घलेको उपस्थिति थियो । सम्झौताअनुसार दर्तामा २० प्रतिशत, बहिरंग सेवाको बेड चार्जमा १० प्रतिशत, दन्त सेवा (सामग्री बाहेक) मा १५ प्रतिशत छुट दिने भएको समाजका अध्यक्ष जगदीश लामिछानेले बताए ।
समाजले यस अघि आफ्नो आजीवन सदस्यहरूको लागि मणिपाल अस्पताल र युआरएलमा छुटसम्बन्धी सम्झौता गरिसकेको कार्यक्रम संयोजक जितबहादुर क्षेत्री (राजकुमार) ले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै