पाहार ट्रस्टद्वारा ६४ हजार विद्यार्थीलाई सेवा

आदर्श समाज सम्वाददाता
पौष १३, २०८०
pahar trust

पोखरा । पाहार ट्रस्ट नेपालले शुक्रबार पुस्तकालय समन्वयात्मक कार्यक्रम गरेको छ । पोखरामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले दिगो विकासका लागि सरकारलाई धेरै चुनौती रहेको बताए।

उनले विकसित राष्ट्रको विकास हेरेर नेपाल सरकार पनि अघि बढ्नुपर्ने बताए । उनले कक्षामा रटाएरमात्र शिक्षाको विकास नहुने भन्दै उनले बेलाबेलामा पुस्तकालय छिर्ने बानीको पनि विकास गर्नुपर्नेमा जोड दिए । १५ प्रतिशत गरिबीको रेखामा रहेकाहरुलाई मध्यनजर गरी शिक्षाको उज्यालो घामबाट वञ्चित गर्न नहुनेमा जोड दिए । समाज कल्याण परिषद्का विभागीय प्रमुख रामराज भट्टराईले पुस्तकालयको महत्वबारे प्रकाश पारे।

पाहार ट्रस्ट नेपालका संस्थापक अध्यक्ष चन्द्रबहादुर गुरुङले ३३ वर्षअघि संस्था स्थापना गरेको स्मरण गर्दै शिक्षाको विकासमा गरेको योगदानको चर्चा गरे । उनले २५ जिल्लाका ३ सय विद्यालय भवन एवं ६८ पुस्तकालय निर्माणमा सहयोग गरेको बताए । उनले स्थापनाकालमा १० हजार विद्यार्थीलाई सेवा दिने लक्ष्य सहित खोलिएको संस्थाले हाल ६४ हजार विद्यार्थीलाई सेवा दिन सकेको उनले बताए।

कार्यक्रममा पुस्तकालय अधिकृत बालकाशी गुरुङ, शिक्षकहरुको तर्फबाट शुक्रराज घिमिरे, गोर्खा बेलफेयरका कार्यक्रम प्रबन्धक जीवन गुरुङ, केन नेपालका कन्ट्री म्यानेजर पेम्बा तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । माछापुच्छे« गाउँपालिकास्थित माछापुच्छे« माविका प्रअ सन्तोष आचार्यले पठनपाठनबारे प्रवद्र्धनबारे प्रशिक्षण दिएका थिए।

संस्थाका अध्यक्ष बिजुलीबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका महासचिव टंकमान प्रधानांग र सञ्चालन लाइब्रेरी सहजकर्ता लक्ष्मी गुरुङले गरेकी थिइन्।

सो अवसरमा स्याङ्जाको भिरकोट नगरपालिकास्थित पिपलडाँडा माविको पुस्तकालयलाई पुरस्कृत गरिएको छ । उक्त पुस्तकालयलाई २५ हजार नगदसहित पुरस्कृत गरिएको हो।

यस्तै, ओखलढुंगाको भगवती माविका लाइब्रेरियन उत्तमकुमारी थापालाई पनि सम्मान गरिएको छ । सो अवसरमा नेपालभरका १९ विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थिति थियो । उनीहरुले पुस्तकालयको चुनौती र भावी योजना प्रस्तुत गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग