ध्रुव मावि तारकाङको ६८ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
पौष १२, २०८०
dhruba school

पोखरा । ध्रुव मावि, मादी ४, तारकाङको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बिहीबार सम्पन्न भएको छ ।

नेपाल सरकारका पूर्व गृहमन्त्री तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले समारोह उद्घाटन गर्दै विद्यालयले सधैं गुणस्तरीय शिक्षाको विकासमा जोड दिनुपर्नेमा दिए ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्णबहादुर केसी, नेकपा एमालेका केन्द्रीय सल्लाहकार पदम पौडेल, मादी गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङ, मादी ४ का वडाध्यक्ष शिवप्रसाद सापकोटा, मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, भूगर्भविद् डा. सोमनाथ सापकोटा, सम्मानित व्यक्तित्व टंकप्रसाद सापकोटा, शिक्षक अभिभावक संघ अध्यक्ष शिरोमणि सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बुद्धिसागर सापकोटाको अध्यक्षतामा भएको समारोहमा प्रधानाध्यापक रामबाबु पौडेलले विद्यालयको प्रगति र भावी योजनाबारे प्रकाश पारे । शिक्षक नारायण सापकोटाले सञ्चालन गरेको कार्यक्रममा स्वागत शिक्षक संजिता अधिकारी सुवेदीले गरेकी थिइन् ।

समारोहमा पूर्व प्रअ, विद्यालय संस्थापक, चन्दादाता, अक्षयकोष संस्थापक, छात्रवृत्ति संस्थापक, शिक्षाप्रेमी महानुभाव, शिक्षक, कर्मचारी र विद्यालयको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग