बिहीबारदेखि सडक महोत्सव, पूर्व सन्ध्यामा सरसफाइ

आदर्श समाज सम्वाददाता
पौष ११, २०८०
street festival

पोखरा । पोखरामा बिहीबारदेखि सुरु हुने २५ औैं संस्करणको सडक महोत्सवको पूर्व सन्ध्यामा महोत्सवस्थलमा सरसफाइ गरिएको छ । आयोजक रेवान पोखरा सहकार्यमा होटल प्रतिनिधि समाज पोखराले लेकसाइडस्थित महोत्सवस्थलको ३ किमी क्षेत्रफलमा सरसफाइ गरेको हो ।

राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कदेखि वडा प्रहरी कार्यालय बैदाम, मूलखेत, अम्बोट, गौरीघाट, बाराहीघाट हुँदै खहरेसम्म सरसफाइ गरिएको होटल प्रतिनिधि समाजका महासचिव माधव लम्सालले जानकारी दिए ।

कार्यक्रममा वडाका जनप्रतिनिधि र होटल संघका अध्यक्षसहितका प्रतिनिधिले साथ दिएका थिए ।

समापनमा आयोजक रेवान पोखरा अध्यक्ष नरेश भट्टराई, होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

रेवान अध्यक्ष भट्टराईले महोत्सवमा स्वास्थ्य, सुरक्षा लगायतमा पनि आयोजकले विशेष ख्याल राखेको बताए ।

‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सव पुस १२ देखि १६ सम्म सञ्चालन हुनेछ । महोत्सवमा ५ लाख पर्यटक तथा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कोमागाने पार्कमा आयोजजना हुने विशेष समारोहमा महोत्सव उद्घाटन गर्ने छन् । त्यसअघि ११ बजे हल्लनचोकदेखि बाजागाजासहित झाँकी प्रदर्शन हुने रेवान पोखराका महासचिव विकास भट्टराईले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग