खुमैडाँडा–कोर्चनमा जेसिएका विद्यार्थी

आदर्श समाज सम्वाददाता
पौष ११, २०८०
Khumai danda
पोखरा । पोखरा–२६, बुढीबजार स्थित जुनियर सिटिजन्स एकेडेमी (जेसिए) मा.वि (+२ तर्फका) विद्यार्थीले खुमैडाँडा हुँदै कोर्चनसम्मको भ्रमण गरेका छन् । विद्यालयमा अध्ययनरत होटल व्यवस्थापनतर्फ कक्षा १२ का विद्यार्थीले पर्यटकीय ती दुई स्थलको शैक्षिक भ्रमण गरेका हुन् ।
जसमार्फत हिमाली जनजीवन, पर्यापर्यटनका विषयमा विद्यार्थीले प्रत्यक्ष ज्ञान हासिल गर्नुका साथै भ्रमण अनुसन्धानमूलक बनेका विद्यालयका निर्देशक मुकुन्द वस्तीले बताए । भ्रमणमा २३ विद्यार्थी साथमा निर्देशक वस्ती, होटल व्यवस्थापन प्रमुख अरुण पौडेल साथै पर्यटन तथा पर्वतारोहण विषय शिक्षक हरि बराल सहभागी भए ।
खुमैडाँडा तथा कोर्चन प्राकृतिक हिसावले निकै सुन्दर भए पनि त्यहाँ पानी, बिजुली लगायतका अत्यावश्यक कुराहरुको सहज प्रवद्र्धन मिलाउनुपर्ने महसुस भएको होटल व्यवस्थापन प्रमुख पौडेलले सुनाए । खुमैडाँडा तथा कोर्चन पोखरा माछापुच्छ्रे मोडल ट्रेक अन्तर्गतको पदमार्गमा पर्दछन् । यो रुट लाहाचोक, घाचोकबाट सुरु हुन्छ । त्यहाँबाट हिलेखर्क खुमैडाँडा कोर्चों हुँदै करुवासम्म पुग्न सकिन्छ ।
सबैभन्दा अन्तिम बिन्दु करिव ३ हजार ७ मिटर उचाइको कोर्चो हो । जहाँबाट माछापुच्छ«्रे हातैले छुन सकिने जस्तो हुन्छ । पोखराबाट हिमालको नजिक पुग्ने सबैभन्दा छोटो रुट यही ट्रेक मानिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग