गण्डकी भेलाको तयारीमा तमु (गुरुङ) संघ

आदर्श समाज सम्वाददाता
पौष ११, २०८०
Tamu Sangh Photo

पोखरा। तमु (गुरुङ) संघ नेपालले गण्डकी प्रदेशस्तरीय भेलाको तयारी थालेको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको आबद्ध संघ तमु (गुरुङ) संघले कास्कीका रामबहादुर गुरुङलाई संयोजक चयन गरी तयारी अघि बढाएको हो ।

गण्डकी प्रादेशिक भेला मुल व्यवस्थापन समितिको बुधबार बसेको तयारी बैठकले माघको दोस्रो साता भेला गर्ने निर्णय गरेको छ । प्रदेश भेलाको मिति अर्को चरणको बैठकले तय गर्ने संयोजक रामबहादुर गुरुङले जानकारी दिए । बैठकमा प्रदेशका ११ जिल्लाका प्रतिनिधिहरु सहभागी थिए । भेला सम्पन्न गर्नका लागि गत पुस ७ गते १८ वटा विभिन्न उपसमिति चयन गरिसकेको छ । बैठकमा उपसमितिका संयोजकलाई जिम्मेवारी प्रदान गरिएको थियो ।

जसअनुसार आर्थिक उपसमिति संयोजकमा मीनबहादुर, सामाजिक संघ संस्था समन्वय उपसमितिमा गीमाया, तरुण तथा नेविसंघ समन्वयमा विकास, स्वयमसेवक परिचालनमा डम्बरजंग, जनप्रतिनिधि समन्वयमा देविजंग, सास्कृतिक उपसमितिमा कृष्णकुमार, स्वागत सत्कारमा दिलमाया, प्रचारप्रसारमा भुपाल, मञ्च व्यवस्थापनमा जसबहादुर, नेका प्रदेश जिल्ला तथा इकाइ समन्वयमा सीता, खाना तथा आवासमा जितबहादुर, अतिथि तथा व्यवस्थापनमा भुवनसिंह, महासमिति तथा महाधिवेशन प्रतिनिधि समन्वयमा डा. टकराज, भातृ एवं् शुभेच्छुक संघ समन्वयमा आशबहादुर, भूपू सैनिक समन्वयमा सम्बासिंह, प्रजातन्त्र सेनानी तथा शहिद परिवार समन्वयमा टीकाबहादुर र यातायात व्यवस्थापन उपसमिति संयोजकमा लेखबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ ।

तयारी बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले भेलाको सफलताको शुभकामना दिँदै युवालाई प्रभामिकता दिन आग्रह गरे । उनले भने, ‘पार्टीप्रति युवाहरुको रुचि घटेको छ । तपाईहरुको भेलाको भव्य सफलताको कामना गर्दै बढीभन्दा बढी युवाहरुको सहभागिता भएको देख्न र सुन्न चाहान्छु ।’ उनले काम नगरी परिणाम खोज्नु खराब प्रवृत्ति रहेको बताए । सही परिणामका लागि उत्ति नै खटिनुपर्ने महामहामन्त्री पाण्डेको भनाइ थियो ।

बैठकमा तमु (गुरुङ) संघ नेपालका अध्यक्ष भुवनसिंह गुरुङ, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, संघका संस्थापक अध्यक्ष डा. टकराज गुरुङ, गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष आशबहादुर गुरुङलगायतले राष्ट्रियता, समावेशी लोकतन्त्र, समाजवाद र तमु एकताका लागि भेला अपरिहार्य रहेको बताएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग