राष्ट्रपति पौडेलबाट बागलुङ कालिकामा पूजाआराधना   

आदर्श समाज सम्वाददाता
पौष ११, २०८०
prez paudel @ baglung

ढोरपाटन ।  राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गर्नुभएको छ । सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि आज यहाँ आउनुभएका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधना गर्नुभएको हो ।

मन्दिरका मूल पूजारी जयबहादुर खड्काको उपस्थितिमा राष्ट्रपति पौडेलले करिब २० मिनेट पूजा आराधना गर्नुभएको थियो । सो अवसरमा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले राष्ट्रपति पौडेललाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभयो ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान बागलुङ बजार आइपुग्नु भएको हो । उहाँलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गर्नुभएको थियो ।  रासस
 

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग