पोखरा इन्जिनियरिङ कलेजमा खेल सप्ताह सुरु

आदर्श समाज सम्वाददाता
पौष ८, २०८०
Pec

पोखरा । पोखरा इन्जिनियरिङ कलेजमा आइतबारदेखि खेल सप्ताह सुरु भएको छ । खेल सप्ताहमा म्याराथन, फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, टि टि, ब्याडमिन्टन, फुटसल र चेस गरी ९ विधा समावेश गरिएको छ ।

६ किमी रेसको रिबन काटेर कलेजका प्रिन्सिपल इ. सोम गुरुङले खेल सप्ताहको आरम्भ गरे । कलेजद्वार हरेक वर्ष आयोजना गरिने खेल सप्ताहमा यस वर्ष पनि १८ महिने सबओभरसियर, ३ वर्षे ओभरसियर र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता छ । प्राविधिक शिक्षाको अध्ययन सँगसँगै खेलकुदमा समेत विद्यार्थीहरूको सक्रियता रहन जरुरी छ भन्ने सन्देशका साथ कलेजले हरेक वर्ष खेल सप्ताहको आयोजना गर्ने गरेको कार्यक्रम संयोजक तथा कलेजका अतिरिक्त क्रियाकलाप संयोजक ई.प्रवीण श्रेष्ठले बताए ।

विभिन्न खेलमा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने प्रिन्सिपल गुरुङले बताए । खेल सप्ताह पुस १४ गतेसम्म सञ्चालन हुने छ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग