अनेरास्ववियु गण्डकीमा प्रवीण

आदर्श समाज सम्वाददाता
पौष ७, २०८०
annfsu

पोखरा । अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्षमा प्रवीण श्रेष्ठ निर्वाचित भएका छन् ।

पोखरामा आयोजित प्रथम अधिवेशनबाट उनको अध्यक्षतामा ४८ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । संगठनका पूर्व सहसंयोजक श्रेष्ठ गोरखाका हुन् ।

यस्तै, उपाध्यक्षमा विश्वदर्शन पराजुली (स्याङ्जा), सुसन घिमिरे (कास्की), सचिव सुरज सापकोटा (नवलपुर), सहसचिव दुर्गानाथ लामिछाने (कास्की), कीर्ति भट्टराई (कास्की) र स्वीकार पोखरेल (स्याङ्जा) र अनिल कुँवर (कास्की) निर्वाचित भए । कोषाध्यक्षमा कास्कीका विक्रम क्षत्री निर्वाचित भएको अनेरास्ववियु केन्द्रीय कमिटी सचिव एवं प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए । कार्यकाल २ वर्षको हुनेछ ।

पृथ्वीनारायण क्याम्पसमा आयोजित अधिवेशनको शुक्रबार केन्द्रीय अध्यक्ष समिक बडालले उद्घाटन गरेका हुन् । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट करिब ३ सय जना प्रतिनिधिले भाग लिएका थिए । अनेरास्ववियु नेकपा एमालेनिकट विद्यार्थी संगठन हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग