धम्पुस पोखरी घोताने परिवारबाट आर्थिक सहयोग

आदर्श समाज सम्वाददाता
पौष ७, २०८०
Dhampus Ghotane Photo

पोखरा । भरतपुर–२६, दिव्यनगरस्थित ह्वैव बौद्ध सदन (गुम्बा) को रजत महोत्सव सफल पार्न बेलायतवासी धम्पुसे दाजुभाइ तथा चेलीबेटीहरु (धम्पुस पोखरी घोताने परिवार–यूके) ले ५ लाख १३ हजार सहयोग गर्ने भएको छ ।
रजत महोत्सव सहित गुम्बाको अधुरो काम पूरा गर्न र धार्मिक कार्यमा आफ्नो समाजले उक्त रकम संकलन गरेको धम्पुस पोखरी घोताने परिवार–यूकेका अध्यक्ष गोलमान गुरुङले बताए ।

रजत महोत्सवको अवसरमा कंग्युर पूजा पाठ, रजत स्तम्भ निर्माण, गुम्बा परिसरमा ट्रयाक, मिनी किचन तथा भोजनालय भवन बिस्तार गर्न, स्मारिका प्रकाशन लगायतका धार्मिक तथा सामाजिक कार्यमा सो रकमको प्रयोग गरिने गुम्बाका अध्यक्ष तथा रजत महोत्सवका संयोजक बुद्धिबहादुर गुरुङले बताए ।

गुम्बाले माघ ८ देखि ११ सम्म विभिन्न धार्मिक, सामाजिक र संस्कृतिक कार्यक्रमसहित रजत जयन्ती मनाउन लागेको हो।

२०४५ माघ २४ मा उद्घाटन गरिएको गुम्बा दिव्यनगर निवासी गुरुङ लगायत सबै जातिलाई जन्मदेखि मृत्युसम्मको सामाजिक परम्परा, संस्कार आदि सम्पन्न गर्ने स्थान भएको छ । २०६७ सालमा स्थापित धम्पुस पोखरी घोताने परिवार यूकेले गाउँको टोल, बाटो, कुल मन्दिर निर्माण साथै मर्मत गर्ने, विभिन्न रोगहरुबाट पीडित तथा असहायलाई सहयोग साथै विभिन्न सामाजिक, संस्कृतिक कार्यक्रमहरु गर्दै आएको जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग