लेखनाथ महोत्सवको दोस्रो दिन २० हजार दर्शक

आदर्श समाज सम्वाददाता
पौष ६, २०८०
Lekhnath Mahotsav Friday (2)

महोत्सवमा दर्शकको भिड । तस्बिरः रामशरण नेपाली ।

लेखनाथ । १९ औं लेखनाथ महोत्सवको दोस्रो दिन शुक्रबार २० हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा बिहीबारदेखि लेखनाथमा सुरु महोत्सवमा दोस्रो दिन २० हजार दर्शक आएको आयोजकको दाबी छ । साथै, ३० लाख बराबरको कारोबार भएको महोत्सवका प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले बताए ।

शुक्रबार लोकदोहोरी कलाकार जानकी तारगी मगर, शंकरविरही गुरुङ, सरस्वती लामिछाने, केशव देवकोटा, शान्ता बर्देवा, सुरेशरमण अधिकारी लगायत कलाकारले प्रस्तुति राखेका थिए । शनिबार कलाकार पुरुषोत्तम न्यौपाने, शिव हमाल, चोलेन्द्र पौडेल, टेक क्षत्री, अस्मिता डल्लाकोटी, रुपा घर्तीमगर, लक्ष्मी बानिया, हांस्यव्यग्यतर्फ गुन्द्रुके समूहको प्रस्तुति रहनेछ । बेलुका लाइभ कन्सर्टमा समीक्षा अधिकारी, सञ्जीवसिंह राना र अलबिन थापाको प्रस्तुति रहने महासचिव जानुका पराजुलीले बताइन् । महोत्सवमा रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुति लगायत पनि अर्का आकर्षण हुन् ।

महोत्सवको मुख्य आकर्षणमा थ्रिडी आर्टमार्फत कविशिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्किने तस्बिर, एलइडी डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकका लागि ईसेवाबाट टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ ।

दैनिकरुपमा राष्ट्रिय तथा स्थानीय कलाकारबाट स्टेज सो, सुगम संगीत अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रम, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रम हुने छन् ।

महोत्सवमा करिब ३ सय ३४ स्टल छन् । महोत्सवको २ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा करिब ९ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र १० लाख बचत गर्ने आयोजकको अनुमान छ । पोखरा इको रेड ब्रिक्स महोत्सवको मुख्य प्रायोजक हो ।

महोत्सव १६ पुससम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग