वालिङ । भारतीय सेनाबाट फर्केका छबबहादुर विश्वकर्माले आरन सञ्चालन गर्दै आएका छन् । १७ वर्ष भारतीय सेनामा सेवा गरी स्वदेश फकेका स्याङ्जाको पुतलीबजार–१० राङखोला निवासी उनले आरनको कामलाई व्यावसायिकरुपमा अगाडि सञ्चालन गर्दै आएका छन् ।
‘अवकाश भएर गाउँ फर्किएपछि केही व्यवसाय सञ्चालन गर्ने सोच पलायो,’ विश्वकर्माले भने, ‘गाउँमा आएपछि दुई वर्ष केही गरिन र अन्तिममा आरनलाई नै व्यावसायिकरुपमा अगाडि बढाउने टुंगोमा पुगें ।’ हाल ६५ वर्ष पुगेका उनले सानै उमेरदेखि आफ्नो बुबाबाट सिकेको सीप सदुपयोग गर्दै आरनलाई नै व्यावसायिकरुपमा विगत २५ वर्षदेखि सञ्चालन गर्दै आएका छन् ।
‘बुबा आरन व्यवसायमा यो क्षेत्रकै नामुद हुनुहुन्थ्यो, बुबाबाट धेरै सीप सिकेको थिएँ,’ विश्वकर्माले भने, ‘बुबाबाट सिकेको सीपले नै आज परिवार पाल्दै आएको छु, आम्दानीको मुख्य स्रोत नै आरन नै हो ।’ आरनमा काम गर्नेलाई समाजले गर्ने हेला, भेदभाव र हिंसाका कारण नयाँ पुस्ताको चासो यसमा नभएको उनको भनाइ थियो । पढेकाले यो व्यवसाय गर्न हुँदैन भन्ने बुझाइले पनि असर गरेको छ ।
‘घन पिट्ने नै हो भने किन पढ्न पर्यो, पढेपछि त सोहीअनुसारको जागीर गर्नुप¥यो नि भन्ने बुझाइ समाजमा छ,’ विश्वकर्माले भने, ‘आरन व्यवसाय गर्नेप्रति समाजको दृष्टिकोण, श्रमको सम्मान नहुनुजस्ता कारणले भोलिका दिनमा यो व्यवसाय हराउँदै जाने निश्चित छ ।’ पुस्तौँदेखि चल्दै आएको आरन आफूले काम गर्न सक्दासम्म मात्रै रहने र नसक्दाको दिनदेखि स्वतः आफ्नो पुस्ता तथा परिवारबाट हराउने उनको भनाइ थियो ।
भारतीय सेनाबाट फर्केका छबबहादुर विश्वकर्मा राङ्खोला बजारमा आरन चलाउँदै आएका छन्
पहिला परम्परागतरूपमा आरन सञ्चालन हुने गरेकामा अहिले आधुनिक प्रविधिको प्रयोगले काममा केही सहज बनाएको छ । आरन सीप र बलको काम हुने भएकाले बलको काम गर्नुपर्दा अरुको सहयोग लिने गरेको विश्वकर्माले बताए । ‘पहिला जंगलमा रुख काटेर गोल बनाइन्थ्यो, काठ सित्तैमा पाइन्थ्यो,’ उनले भने, ‘हिजोआज काठ काट्न नपाउँदा कोइलाको पनि समस्या हुँदै आएको छ । रक्सी तथा कुँडो पकाउन बालिएका दाउराको गोल किनेर व्यवसाय सञ्चालन गर्दै आएको छु ।’
पहिलेदेखि यहाँ बनाइएका औजार टिकाउ र राम्रो हुने छाप परेकाले अहिले पनि पाल्पा, पर्वत र कास्कीका विभिन्न ठाउँबाट औजार तथा भाँडा बनाउन आउने गरेका विश्वकर्माले बताए । हतियार बनाउनका लागि फलाम पिट्दादेखि धारको लेबल मिलाउन, पाइनको प्रयोगसम्म ध्यान दिनुपर्छ,’ उनले भने, ‘पाइन ५ प्रकारका हुन्छन्, धारलाई बलियो बनाउने पाइनले हो, पाइनको प्रयोग जो पायो उसैले लगाउनै जान्दैनन् त्यसैले औजार टिकाउ हुँदैन ।’
‘छबबहादुर विक फलाम उद्योग’ नामको उद्योग दर्ता गरेर व्यवसाय गर्दै आएका विश्वकर्मा विभिन्न किसिमका भाँडाकुँडाका साथै चक्कुदेखि खुँडासम्म बनाउँछन् र न्यूनतम ३ सयदेखि अधिकतम ७ हजारसम्म एउटै औजार तथा भाँडाबाट आम्दानी हुन्छ । नयाँ भाँडाकुँडा तथा औजार बनाउने र पुराना मर्मत गर्दा पनि मासिकरुपमा सबै खर्च कटाएर १ लाखभन्दा बढी उनी बचत गर्छन् ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१