महिला टी–२० सिरिज : नेपालले जापानलाई हरायो

आदर्श समाज सम्वाददाता
मंसिर २, २०८०
Nepali-woman-cricket-team

काठमाडौं ।  चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो ।

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् ।

यस्तै कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् ।

बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् ।

एक सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् । यस्तै सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन् ।

बलिङतर्फ नेपालकी सङ्गिता राईले पाँच तथा अश्मिना कर्माचार्य र पूजा महतो दुई दुई विकेट लिइन् ।

नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सवै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो । हङकङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।

महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् । नेपालले अब तेस्रो स्थानका लागि आइतबार जापानसित नै खेल्ने छ ।
–––

Related News

सम्बन्धित समाचार

  • सिद्ध र कालिका क्रिकेटको फाइनलमा

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधिका लागि सिद्ध र कालिका मावि आमनेसामने भएका छन् । पोखरा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा वैशाख १५ देखि २१ गतेसम्म पोखरा…
  • पट्नेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन सिफारिस

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । पोखरा २९, पट्नेरीको जग्गा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्ड हल निर्माणका लागि गण्डकी प्रदेश सरकारलाई सिफारिस गरिएको छ…

hero news full width