पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनमा पोखरामा आयोजना हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता’का लागि उपसमितिको गठन गरिएको छ ।
यहि मंसिर ७ गते देखि १६ गते सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता कास्की जिल्ला मदन भण्डारी स्पोर्टस एकेडेमीको ब्यवस्थापनमा हुने भएको हो । एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रव आचार्यको प्रमुख आतिथ्यतामा तथा कास्की एकेडेमीका अध्यक्ष रामजी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाले १३ सदस्यिय विभिन्न उपसमिति गठन गरेको एकेडेमीले जनाएको छ ।
सो अनुसार तिलक बहादुर अधिकारीको संयोजकत्वमा गठित आर्थिक उपसमितिमा कृष्ण तिमिल्सिना सह–संयोजक र सदस्यहरुमा किरण भुजेल, सूर्य मोहन आचार्य, रामजी प्रसाद अधिकारी र दिपक आचार्य रहेका छन् । स्वयं सेवक तथा यूवा परिचालनको संयोजकमा भिम पराजुली सह–संयोजकमा केशव बहादुर थापा र सदस्यहरुमा सोभित परियार, महेश अर्याल र भविराज गुरुङलाई जिम्मेवारी दिइएको छ ।
त्यसै गरि आवश तथा यातायत व्यवस्थापन उपसमितिको संयोजकमा कृष्ण तिमिल्सिना, प्रविधिक व्यवस्थापनको संयोजकमा शक्ति गौचन, मञ्च व्यवस्थापनको संयोजकमा धिरज श्रेष्ठ, सदस्यहरुमा मुन्नी खातुन र सुन्दर श्रेष्ठ, प्रचार प्रसार संयोजकमा केशव पाठक र सहसंयोजमा कञ्चन थापा, शान्ती शुरक्षाको संयोजकमा मिम पराजुली, सांस्कृतिक उपसमितिको संयोजकमा नारायण पाण्डे रहेका थिए ।
यस्तै अनुगमन तथा अनुशासन व्यवस्थापन उपसमितिको संयोजकमा मोहन रेग्मी, संघसंस्था समन्वयमा गिरमान गुरुङ, केशव बहादुर थापा र सूर्य मोहन आचार्य, अतिथी सत्कारको संयोजकमा मनिषा गुभाजु र सह संयोजकमा कञ्चन थापा, प्रथामिक उपचार संयोजकमा रमेश राज भण्डारी, मैदान व्यवस्थापन उपसमितिमा कृष्ण तिमिल्सिना, विजय भुजेल, ऋषीकेस शर्मा, लक्ष्मण गुरुङ र प्रदिप प्रजुलाई जिम्मेवारी दिइएको छ ।
प्रथम केपी ओली राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा तिन विभागिय टोलीसहित सात प्रदेश तथा एकेडेमीको तर्फबाट दुई युवा टिम गरि कुल १२ टिमको सहभागिता रहने एकेडेमीले जनाएको छ । प्रतियोगितामा उपाधि विजेताले नगद रु ५ लाख र उपविजेताले नगद रु २ लाख ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिव ७० लाख खर्च हुने आयोजकले जनाएको छ ।
एकेडेमीका अध्यक्ष आचार्यले प्रतियोगितालाई सफल बनाउन सबै संग आग्रह गरेका छन् । उनले भने–“हामी निरन्तर खेलकुदको विकास, यूवा खेलाडी उत्पादन र खेलाडीहरुको हितका सवालमा आफ्ना योजना अघि सारेका छौं । यहि योजना अनुरुप नै यो प्रतियोगिताको तयारी हो । यो प्रतियोगिता सफल बनाउन एकेडेमीको तर्फबाट म सबैलाई आग्रह गर्छु ।” यो प्रतियोगिताले खेलकुदको विकास संगै खेल पर्यटन मार्फत पोखराको पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।
Related News
सम्बन्धित समाचार
कास्की जिल्ला क्रिकेट संघको पाँचौं साधारणसभा
प्रतिभा माविमा क्रिकेटको ‘प्राक्टिस नेट’
भारतले जित्यो टी–ट्वान्टी विश्वकप
स्याङ्जालाई क्रिकेट उपाधि
गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जित्यो
hero news full width
मुख्य समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१