भीमादमा मेडिप्लसको स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०८०
mediplus (5)

पोखरा । मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्सर प्रालि पोखरा–११, रानीपौवाको आयोजनामा भारतीय भूपू सैनिकका लागि निशुल्क स्वास्थ्य शिविर भएको छ ।

अमर भूपू सैनिक अंग्रेज स्कुल भीमाद र भारतीय राजदूतावास पेन्सन वितरण केन्द्र पोखराको समन्वयमा शनिबार भएको शिविरमा २ सय ५० जनाले सेवा लिए ।

शिविरमा विभिन्न विभागका डाक्टरले बिरामीको चेकजाँच गरेका थिए ।

जसमा वरिष्ठ फिजिसियन डा. सरोज पोख्रेल, वरिष्ठ फिजिसियन डा. सुदर्शन सुवेदी, वरिष्ठ जनरल सर्जन डा. आनन्द भट्टराई, बालरोग विशेषज्ञ प्राडा इभा गौचन, प्रसुति तथा स्त्री रोग विशेषज्ञ प्राडा जुनु श्रेष्ठ, रेडियोलोजी डा. प्रकाश गुरुङ, छाला रोग विशेषज्ञ डा. नीरञ्जन पुडासैनी, मुटुरोग विशेषज्ञ डा. मधु रोका, मानसिक रोग विशेषज्ञ डा. वसन्त ढुंगाना लगायतले नाक, कान, घाँटी, हाडजोनी तथा नसा रोग विशेषज्ञ र प्यारामेडिसिन समूहको उपस्थिति थियो ।

मेडिप्लस हस्पिटलले भारतीय भूपू सैनिकको मात्र नभई सर्वसाधारणको लागि पनि उपचार गराउने गरेको अस्पतालका प्रशासनिक अधिकृत रञ्जना आलेले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा ‘प्रतिभा प्रस्फुटन’

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । राष्ट्रिय बाल दिवस अवसरमा प्रतिभा माविले ‘प्रतिभा प्रस्फुटन कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । विद्यालयका कक्षा १ देखि ५…
  • पोखरा फोटोग्राफर संघमा भक्त

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा भक्त तामाङ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति उपाध्यक्षमा…
  • एकादशी महात्म्य प्रवचन

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । वैदिक धर्म परिषद् कास्की, विश्व हिन्दू महासंघ गण्डकी तथा ज्येष्ठ नागरिक मिलन केन्द्र पस्र्याङ बगैँचा पार्कको संयुक्त आयोजनामा…
  • माछापुच्छ्रेमा बाल संवाद

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ माछापुच्छ्रे गाउँपालिकामा ६०औं राष्ट्रिय बाल दिवस ‘बाल संवाद’ कार्यक्रम गरी मनाइएको…
  • पलेसाको पोखरामा सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । पेरिस प्यारालिम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक…

hero news full width