धारापानी महिला सहकारीद्वारा सम्मान

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०८०
Dharapanis

पोखरा । पोखरा–५, जनहितमार्गस्थित धारापानी महिला बहुउद्देश्यीय सहकारी संस्था लि.को शनिबार पाँचौं वार्षिक साधारणसभा भएको छ ।

सभा उद्घाटन गर्दै वडाध्यक्ष विष्णुप्रसाद बरालले सहकारीमा सहकार्यको मर्म हुनुपर्ने भन्दै धारापानी सहकारीले स्थापनादेखि नै रचनात्मक क्रियाकलाप गर्दै आएको चर्चा गरे । उनले सहकारी माध्यमबाट मन्टेसरी सञ्चालन गरिएकोमा सो कार्यको प्रशंसा गरे ।

वडा सदस्य कल्पना क्षत्रीले सहकारीमार्फत आर्थिक समृद्धिमा दिदीबहिनीहरु होमिएकोमा खुसी व्यक्त गर्दै धारापानी क्षेत्रका सबै महिलालाई सहकारीमा समेट्ने आग्रह गरिन् ।

त्यस अवसरमा वडा सदस्य गोविन्द पराजुली, सहकारीद्वारा सञ्चालित मन्टेसरीका सल्लाहकारद्वय हरिश्चन्द्र अधिकारी र सुरज पौडेल, सेयर सदस्य संगीता लामिछाने अधिकारी लगायतले पनि बोलेका थिए ।

सो अवसरमा असल शिक्षक रुपमा शकुन्तला त्रिपाठी, असल ऋणीका रुपमा मीरा लिगल, बालबचततर्फ सायना परियार, उत्कृष्ट बचतकर्ता गंगा सुवेदी तिमिल्सिना तथा सेयर सदस्यका ज्येष्ठ आमाबुवातर्फबाट कृष्णमाया अधिकारी र धनबहादुर गुरुङलाई सम्मान गरियो ।

सहकारी अध्यक्ष चन्द्रावती गैहे्रले अध्यक्षको, सचिव गीतादेवी पौडेलले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुजता सापकोटाले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक इन्दु सुवेदीले लेखा प्रतिवेदन तथा मन्टेश्वरीतर्फबाट प्रअ मीना सुवेदीले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा छलफलसहित अनुमोदन भयो ।

कार्यक्रममा एलकेजी तथा युकेजीका विद्यार्थीले विभिन्न प्रस्तुति राखे ।

सहकारी अध्यक्ष चन्द्रावती गैहे्रको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शारदा गिरीले स्वागत, सहसचिव इन्दिरादेवी शर्मा आचार्यले ७ सिद्धान्त वाचन तथा सञ्चालन सचिव पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मादल बजाउने तालिम

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    गलेश्वर । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको…
  • मकैको खोस्टाबाट फूल बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    लेखनाथ । पोखरा ३० मा सुकेको मकैका खोस्टाबाट फूल बनाउने तालिम दिइएको छ । दलित तथा जनजाति उत्थान एवंं विपन्न…
  • महिलाको लगानीमा सरफ उद्योग सञ्चालन   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    तनहुँ ।  तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा…
  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…

hero news full width