युआरएलमा दसैं अफर

आदर्श समाज सम्वाददाता
कार्तिक २, २०८०
url offer

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले नेपालीका मुख्य चाडपर्वलाई मध्यनजर गरी चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ । युआरएलको सभागृहचोकमा रहेको मुख्य कार्यालयसहित प्रदेशभरि रहेका युआरएलका २० शाखाबाटै उपभोक्ताले यो अफरको सुविधा पाउँछन् ।

गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः २०१५ प्राप्त युआरएलमा कात्तिक महिनाभरि युरिक एसिडको जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट दिइएको छ ।

महान् पर्वका बेला नेपालीलाई सुलभ दरमै स्वास्थ्य जाँचको अवसर दिन चाडपर्व अफर ल्याइएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । युआरएलले स्थापना कालदेखि नै आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी अहिलेसम्म डेढ सयभन्दा बढी निशुल्क शिविर आयोजना गरिसकेको छ । चाडै पोखराको लेकसाइडमा युआरएलको नयाँ शाखा सञ्चालन गर्ने तयारी भएको प्रबन्ध निर्देशक गणेश कोइरालाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width