पोखरा । जीवन विज्ञान संस्थाका संस्थापक एलपी भानु शर्माले दुईदिने पोखरा भ्रमण गर्दै विभिन्न ठाउँमा प्रवचन दिएका छन् ।
भ्रमणका क्रममा उनले लामाचौर, विन्ध्वासिनी मन्दिर, पोखरा महानगरपालिका र सभागृह गरी ४ ठाउँमा फरक–फरक शीर्षकमा सयौं साधक, जनप्रतिनिधि र जिज्ञासुलाई प्रवचन दिनुका साथै ध्यानका प्रयोगात्मक कक्षा चलाए । नेपालका सबै जिल्ला र अमेरिका, बेलायत, अष्ट्रेलियालगायत विश्वका ६० भन्दा बढी देशमा जीवन विज्ञान संस्थाको शाखा बिस्तार छ ।
पहिलो दिन लामाचौर मुन फुटसल हलमा स्वस्थ जीवनका लागि अध्यात्म शीर्षकमा प्रवचन कार्यक्रम भयो । उनले मानिसको शरीरभित्र भएका चक्रहरू सक्रिय नबनाइ समग्र स्वास्थ्य हासिल नहुने बताए ।
अकलादेवी तथा लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति आयोजक रहेको सो कार्यक्रमको सहकार्य जीवन विज्ञान गण्डकी प्रदेशले गरेको थियो । रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लक्ष्मण पौडेलले गरेका हुन् ।
सोही दिन महानगरपालिका सभाकक्षमा सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य, महाशाखा प्रमुखका जीवन रूपान्तरण कला शीर्षकमा प्रवचन भयो । आयोजक पोखरा महानगरपालिका रहेको सो कार्यक्रमको सञ्चालन प्रवक्ता मोतीलाल तिम्सिनाले गरेका थिए ।
दोस्रो दिन विन्ध्वासिनी मन्दिरमा समग्र स्वास्थ्यका लागि अध्यात्म शीर्षकमा प्रवचन कार्यक्रम सम्पन्न भयो । उनले देवीहरूका ९ रूप र चक्रका शक्तिहरूबीच पारस्परिक रूपमा सम्बन्ध गाँस्दै तिनको अन्योन्याश्रित रहस्य स्पष्ट पारे ।
आयोजक जीवन विज्ञान गण्डकी प्रदेश रहेको सो कार्यक्रमको सहकार्य विन्द्यवासिनी धार्मिक क्षेत्र विकास समितिले गरेको थियो । विन्ध्वासिनीले जीवन विज्ञानलाई दैनिक बिहान सयौं साधकका निम्ति ध्यानका कक्षा सञ्चालन गर्ने वातावरण दिएर सहयोग गर्दै आएको छ । समिति उपाध्यक्ष सूर्यप्रसाद सुवेदीको अध्यक्षता भएको कार्यक्रममा सुशीलकुमार गोशलीको विशेष उपस्थिति थियो । स्वागत जीवन विज्ञान गण्डकी प्रदेशका संयोजक गंगालाल पोखरेल र सञ्चालन शान्ति राणाले गरिन् ।
अन्तिम कार्यक्रम पोखरा सभागृहमा महानगरको सहकार्यमा भयो । जसमा जीवन रूपान्तरणका विधि शीर्षकमा प्रवचन भयो ।
Related News
सम्बन्धित समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मुस्ताङमा १ महिनामा असी हजार पर्यटकले गरे भ्रमण
पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी
घान्द्रुक र सिक्लेसमा पर्यटक खचाखच
बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल
hero news full width
मुख्य समाचार
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०