पोखरा । टेकनाथ बराल भौतिक रुपमा रहेनन् । भदौ १२ गते दिउँसो निधन भएका बराललाई नेपाली कम्युनिस्ट आन्दोलन, मानवअधिकारको आन्दोलन र समाज परिवर्तनका अभियन्ताका रुपमा उनका आफन्त, शुभेच्छुकले विभिन्न तवरले स्मरण गरिरहेका छन् ।
उनी संस्थापक अध्यक्ष रहेको राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले श्रद्धाञ्जलीसभासहित उनको योगदानबारे परिचर्चा आयोजना गर्यो ।
कार्यक्रममा वाम बुद्धिजीवी रामराज रेग्मीले उनलाई राष्ट्रिय सम्पदा, स्वाभीमान र कम्युनिस्ट आन्दोलनका अगुवाको रुपमा स्मरण गरे ।
वरिष्ठ अधिवक्ता तिलक पराजुलीले बराल वनारसको अध्ययन समयदेखि नै कम्युनिस्ट आन्दोलन र मानवअधिकारको पक्षमा लागेको जनाए । उनले भने, ‘उहाँका योगदानका क्षेत्र अनेक छन्, उहाँ बहुआयामिक व्यक्तित्व हुनहुन्थ्यो ।’
मानवअधिकारकर्मी वसुन्धरा ढकालले विभिन्न खालका आन्दोलनमा युवा, महिलालाई सहभागी गराउन र उत्प्रेरणा जगाउन बरालको उल्लेख्य भूमिका रहेको स्मरण गरिन् ।
संस्थाका अध्यक्ष सुनिल पाण्डेले देशका सम्पदाको संरक्षण र मानवअधिकारको रक्षाका लागि डटेर लाग्नु नै बरालप्रति सच्चा श्रद्धाञ्जली हुने जनाए ।
उनले भने, ‘सम्पदाको संरक्षण, विभिन्न चरणमा हुने नागरिक आन्दोलन, मानवअधिकारका आन्दोलनमा उहाँ सबैभन्दा अघि हुनुहुन्थ्यो । उहाँको विचार र दर्शनको अनुशरण नै उहाँप्रति सही श्रद्धाञ्जली ठहर्छ ।’
टेकनाथको परिवारले उनकै इच्छा बमोजिम अन्तिम संस्कार गरेको छ । संस्कृतिक रुपान्तरणका अभियन्ता टेकनाथको अन्तिम संस्कारमा परिवारका सदस्य श्रद्धाञ्जलीसभा र भेटघाटमा सहभागी छन् ।
बरालको जन्म १९९६ साल जेठ ५ गते भएको थियो ।
बरालका श्रीमती हरिकला, छोरा विद्याविमल, छोरीहरु शोभा, प्रभा, पिंगला र नातिनातिना छन् ।
नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलालसँग लामो समय काम गरेका बराल २०४६ सालको जनआन्दोलनमा वाममोर्चाको तर्फबाट गण्डकी क्षेत्रका कमान्डर थिए ।
पछिल्लो समय कुनै कम्युनिस्ट दलमा आवद्ध नभए पनि उनी कम्युनिस्ट आचरण, सिद्धान्त र रुपान्तरणको वकालत गर्थे ।
Related News
सम्बन्धित समाचार
बिनु र तारालाई मीना सिर्जनशील समावेशी पुरस्कार
नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष ऋषिकान्तलाई यातायात पुरस्कार
माउन्ट अन्नपूर्णमा बालदिवस
तारा एअरले सोमबारदेखि पोखरा–जोमसोम उडान थाल्ने
नेविसंघ कास्कीको रक्तदानमा ५२ युनिट रगत
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०