फोटो पत्रकार युनिशलाई बाल कल्याण संघ पत्रकारिता पुरस्कार

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०८०
yunish guruns

पोखरा । क्रियाशील फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ बालकल्याण संघ पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका छन् ।

संघको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा फोटोपत्रकार गुरुङलाई सम्मान गरिएको हो । उनलाई गण्डकी प्रदेश सांसद प्रकाश बरालले दोसल्ला र सम्मानपत्रसहित ७ हजार ५ सय रुपैयाँले सम्मान गरेका हुन् ।

बाल कल्याण संघ कास्कीले बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारलाई उक्त पुरस्कार दिँदै आएको छ ।

सन् २०१२ देखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा फोटो पत्रकारिता गर्र्दै आएका पत्रकार गुरुङ हाल समाधान राष्ट्रिय दैनिकमा आबद्ध छन् ।

हाल उनी एसोसिएट प्रेस (एपी) लगायत अन्तर्राष्ट्रिय मिडियामा पनि आबद्ध छन् ।

यसअघि उक्त पुरस्कारबाट नारायण शाही, घनश्याम पाण्डे, प्रकाश ढकाल, कृष्ण दवाडीलगायत सम्मानित भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width