पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको २० औं वार्षिक साधारणसभा आइतबार भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठले एगाले पर्यटकलाई उपहार लैजानका लागि नेपालको चिनारी झल्काउने किसिमका समानहरू तयार गरी ठूलो योगदान गरेको बताए ।
कोरोना महामारीसँगै आर्थिक मन्दी लगायतका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुनरुत्थानमा राज्यको सहयोग आवश्यक भएको भन्दै उनले पर्यटन व्यवसायीका समस्या सुनुवाइ हुन नसकेको बताए । बन्दै गरेको पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रका विषयहरू समेटिनुपर्ने उनको भनाइ छ ।
भारतीय नोट नचल्दा भारतबाट आउने पर्यटक नै घटेको भन्दै उनले निर्माणाधीन पोखरा मुुग्लिन सडक खण्डको ढिलासुस्तीले पोखराको पर्यटन प्रत्यक्ष प्रभावित भएको गुनासो गरे ।
एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले पर्यटकलाई उपहारका सामग्री तयार गरी पठाउँदा यसले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान पु¥याएको बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नविन पोखरेलले पर्यटन क्षेत्रको विकासका लागि हामीसँग यकीन तथ्यांक हुनु जरुरी रहेको धारणा राखे ।
एगा पोखराका पूर्व अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले कोरोना, आर्थिक मन्दी लगायतका कारणबाट पर्यटन व्यवसायीहरू संकटमा परेको बताए । व्यापारका लागि सटर महंगो र उनीहरूले नै कर तिर्नुपर्ने लगायतका अवस्थाका साथै बैंक तथा वित्तीय संस्थाको ब्याजदर लगायतका कारणले व्यवसाय धान्न नै मुस्किल पर्ने गरेको उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले नेपालको पर्यटकीय चिनारी दिने किसिमका समानबाट विश्वमाझ यहाँको प्रवद्र्धनमा एगाले महत्वपूर्ण योगदान पु¥याएको धारणा राखिन् ।
विभिन्न व्यक्तिलाई सम्मान साधारणसभाका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको छ ।
त्यस्तै संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रममा संयोजन गर्ने व्यक्तिहरू बनभोजतर्फ उपाध्यक्ष गोकर्ण लम्साल, सामाजिक उत्तरदायित्वतर्फ कार्यसमिति सदस्य नारायण पाण्डे, प्रवद्र्धनात्मक अवलोकन भ्रमणतर्फ अध्यक्ष इन्द्रप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो । त्यस्तै नयाँ सदस्यका रुपमा वाराही ड्रेस सपका भवनाथ सापकोटा, गोरखा हेन्डिक्राफ्टका कल्पना सापकोटा र केसी इम्ब्रोइडरी सपका अमृत केसीलाई सम्मान गरिएको छ ।
यस वर्षको उत्कृष्ट पसल सजावटमा फेमस ड्रेससपका हरिप्रसाद गौतमलाई सम्मान गरियो ।
एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीको अध्यक्षता एवं सचिव गीता ढकाल पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष गोकर्ण लम्सालले गरेका थिए । कार्यक्रममा होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले शुभकामना व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
पोखरा फाइनान्स अध्यक्षमा राजकुमार
सञ्चयले ११ प्रतिशत मुनाफा बाँड्ने, अध्यक्षमा गणेशबहादुर थापा
व्यवस्थापनको कमजोरीले सहकारी बिग्रन्छ : मन्त्री जिसी
कुँडहर सहकारीमा विश्वबन्धु
पोउवा संघद्वारा लेउवा संघको टिमलाई बधाई
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०