आरुखर्क पोखरा दिदीबहिनी समूह पोखरामा शुभकामना तथा सम्मान

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०८०
arukharkha

पोखरा । आरुखर्क पोखरा दिदीबहिनी समूह पोखराले तीजका अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ ।

गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले कार्यक्रम उद्घाटन गर्दै तीज पर्वलाई व्रत, उपवास, उपासना, आरधानाको माध्यमबाट नारी जातिको अस्तित्वलाई शिखरमा लैजाने उल्लेख गरिन् । उनले नारीहरूको चेतनास्तर बढाउन पुस्तक अध्ययन गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

कार्यक्रमबीच साबिक आरुखर्क गाविसमा जन्म भई पोखरामा बसोबास गर्ने विभिन्न विधामा उत्कृष्टता हासिल गरेका व्यक्तित्व तथा ८० वर्ष पूरा गरेका ज्येष्ठ दिदीहरूलाई सम्मानपत्र, फूलमाला र दोसल्लाले सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष सावित्री शर्माको अध्यक्षतामा भएको कार्यक्रममा फेदीखोला गाउँपालिका ४ का अध्यक्ष ख्यामनारायण पौडेल, पोखरा ४ का अध्यक्ष देवकृष्ण पराजुली, सल्लाहकार मायाकुमारी गुरुङ, जनआदर्श मावि आरुखर्कका अध्यक्ष नारायणप्रसाद पौडेल, स्याङ्जा आरुखर्क पोखरा सम्पर्क समाजका अध्यक्ष यामप्रसाद पौडेल, समाजका संस्थापक अध्यक्ष टीकाराम पौडेल, मानव मिलन संस्था पोखराका अध्यक्ष गुप्तप्रसाद शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष शान्ति केसीले स्वागत, द्वितीय उपाध्यक्ष गीता पौडेलले धन्यवाद ज्ञापन र सचिव पार्वती पौडेल रेग्मीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • दानबहादुरसहित  ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह…
  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…

hero news full width