पोखराका डोलराज रेडक्रसको केन्द्रीय उपकोषाध्यक्ष

आदर्श समाज सम्वाददाता
श्रावण २, २०८०
dolraj pandey

पोखरा । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय उपकोषाध्यक्षमा पोखराका डोलराज पाण्डे निर्वाचित भएका छन् ।

रेडक्रसको विशेष अधिवेशनअन्तर्गत रेडक्रस सोसाइटी कास्की शाखाका निवर्तमान अध्यक्षसमेत रहेका पाण्डे निर्वाचित हुन सफल भएका हुन् । उनी सिर्जना माविका संचालक समेत हुन् ।

अधिवेशनले सुदर्शन नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा सुरेन्द्र ऐर, महिला उपाध्यक्ष राधा नेपाली, महामन्त्री भूपतिलाल श्रेष्ठ, कोषाध्यक्ष वीरबहादुर बस्नेत र उपमहामन्त्री मनोजकुमार थापा निर्वाचित भए ।

Related News

सम्बन्धित समाचार

hero news full width