पोखरा विमानस्थलमा हवाई इन्धन डिपो शिलान्यास

आदर्श समाज सम्वाददाता
श्रावण १, २०८०
oil

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपोको शिलान्यास भएको छ । नयाँ विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ हवाई डिपो निर्माण सुरु भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको सोमबार शिलान्यास गरे ।

हवाई इन्धन डिपो पोखराका प्रमुख धीरजविक्रम खड्काले यहाँ १२ लाख लिटर क्षमताका ३ वटा डिपो निर्माण गरिने बताए । डिपो निर्माणमा ७७ करोड खर्च हुने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले बताए । उक्त आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याकंस् जेभीले पाएको छ ।

डिपो आगामी १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । साथै १ हजार २ सय किलोलिटर क्षमताका तीन र १ हजार ५ सय किलोलिटर क्षमताको एउटा पानी ट्यांकी निर्माण गरिने नायव कार्यकारी निर्देशक साहले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width