बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण १, २०८०
Accident

पोखरा । कास्कीको रुपा गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का गम्भीर घाइते छन् ।

पोखराबाट लमजुङको बेशीँशहर जाँदै गरेको ग १ प ८६७६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रुपाको पोल्याङमा ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय विवेक विकको मृत्यु भएको हो । दुर्घटनामा घाइते दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ ल्याइएकोमा विवेकको उपचार क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनी लमजुङको मध्यनेपाल ६, भोर्लेटार हुन् ।

मोटरसाइकलमा सवार जितेन्द्र विक गम्भीर घाइते छन् । विवेक र जितेन्द्र नातामा दाजुभाइ हुन् । प्रहरीले बसचालक विशाल गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width