पृथ्वीचोकदेखि चाउथेसम्मका राजमार्ग अतिक्रमण गरेर बनाइएका संरचनामा महानगरको डोजर- हेर्नुहोस् तस्बिरहरु

आदर्श समाज सम्वाददाता
असार २५, २०८०
mahnagar dozer (5)

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वी राजमार्ग अन्तर्गत पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ मापदण्डभित्रका संरचनामा डोजर चलाएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हिजो आइतबार नै फेसबुकमा स्टाटस लेखेर सोमबारबाट ती संरचना हटाउन सुरु गरिने बताएका थिए ।
मेयर आचार्यका अनुसार, मापदण्डभित्र परेका संरचना हटाउन १ महिना अगाडि नै सूचना गरिएको भए पनि अटेरी गरेकाले डोजर चलाउनु परेको हो । स्थायी र अस्थायी गरी ६० संरचना अहिले हटाइने उनले बताए ।

एसियाली विकास बैंकको ऋण सहयोगमा मुगलिन पोखरा सडक खण्ड विस्तार कार्य भइरहेको छ । यसैको अवस्था बुझ्नका लागि एडिबीको टिम आउनु अगावै राजमार्गको राइट अफ वे क्लियर गर्न थालिएको मेयर आचार्यको भनाइ छ । उनका अनुसार एडिबीको टिम बुधबार पोखरा आउँदैछ ।

विजयपुरदेखि लेखनाथ क्षेत्रमा भने मुआब्जाको विषय टुंगिन बाँकी रहेकाले त्यहाँका संरचना हटाउन केही समय लाग्ने मेयर आचार्यले लेखेका छन् ।

तस्बिरहरु : धनबहादुर गुरुङ/आदर्श समाज

Related News

सम्बन्धित समाचार

hero news full width