लोक सेवामा ३ नक्कली परीक्षार्थी पक्राउ

आदर्श समाज सम्वाददाता
असार २२, २०८०
police

पक्राउ परेका ३ परीक्षार्थीमा अर्का एक नावालक हुन्।

पोखरा । वन रक्षकको परीक्षामा ३ जना नक्कली परीक्षार्थी प्रहरी फन्दामा परेका छन् ।

लोक सेवा आयोग गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको शुक्रबार गण्डकी प्रहरी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजातहरु चेकजाँच गर्नेक्रममा ३ जना नक्कली परीक्षार्थी फेला परेका हुन्।

पक्राउ पर्नेमा कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र सोही ठाउँका १८ वर्षीय अर्का एक जना हुन् । उनी नावालक भएकोले प्रहरी परिचय खुलाएको छैन ।
उनीहरुले परीक्षार्थीहरुको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका थिए । उनीहरुलाई जिल्ला अदालतबाट शिक्षा ऐनसम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले बताए ।

यसअघि पनि संघीय लोक सेवा आयोगले खुलाएको वन रक्षककै परीक्षामा कास्कीमा नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width