पर्यटन प्रवद्र्धनमा टेबान

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७९
teban

पोखरा । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेबान) ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म बुधबारदेखि पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ ।

नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गर्न लागिएको प्रवद्र्धनात्मक कार्यक्रममा पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता छ । टेबानका अध्यक्ष कमला गिरीका अनुसार कोरोनालगायत विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि चारदिने प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको हो । स्थानीय पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धिलगायतका कार्यक्रम राखिएको उनको भनाइ छ ।

कार्यक्रमका क्रममा युवा तथा महिला उद्यमीलाई लक्ष्य गरी म्याग्दीको बेनी, मुस्ताङको जोमसोम, ठिनी, उपल्लो मुस्ताङस्थित लोमन्थाङमा क्षमता अभिवृद्धि तालिम एवं अन्तक्र्रिया गर्ने बताइएको छ । नेपाल र चीनबीचको सीमानाका कोरला नाकासम्मको प्रवद्र्धनात्मक भ्रमणका क्रममा धार्मिक एवं ऐतिहासिकस्थल मुक्तिनाथ, गुम्बा आदिकोे प्रवद्र्धन गरिने गिरीले बताइन् ।

कार्यक्रमअन्तर्गत स्थानीय पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि, डिजिटल मार्केटिङ तालिम एवं स्थानीय उत्पादनको ब्रान्डिङ र घरवास प्रवद्र्धन गरिने कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

  • मादल बजाउने तालिम

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    गलेश्वर । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको…
  • मकैको खोस्टाबाट फूल बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    लेखनाथ । पोखरा ३० मा सुकेको मकैका खोस्टाबाट फूल बनाउने तालिम दिइएको छ । दलित तथा जनजाति उत्थान एवंं विपन्न…
  • महिलाको लगानीमा सरफ उद्योग सञ्चालन   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    तनहुँ ।  तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा…
  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…

hero news full width