गविवि न्यासिक परिषदका निवर्तमान अध्यक्ष देवकोटाको बिदाई

आदर्श समाज सम्वाददाता
माघ १७, २०७९
GU

पोखरा । गण्डकी विश्वविद्यालयको न्यासिक परिषदका अध्यक्ष डा दिनेशचन्द्र देवकोटाको विदाई गरिएको छ । नेकपा एमालेबाट बागमती प्रदेश सभा सदस्यका लागि समानुपातिक सूचीमा पर्नुअघि उनले राजीनामा गरेका थिए । उनी प्रदेश सभा सदस्य निर्वाचित भइसकेका छन् ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा मुस्ताङ चोकमा मंगलबार आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष देवकोटालाई विदाई गर्दै धन्यवाद ज्ञापन गरिएको हो । त्यस अवसरमा डा देवकोटाले आफू जहाँ रहे पनि गण्डकी विश्वविद्यालयको सहयोगी र शुभेच्छुक भइरहने प्रतिबद्धता जनाए ।

कुलपति प्राडा गणेशमान गुरुङ नेतृत्वको टिमको त्याग, समर्पण र इमान्दारीकै कारण विश्वविद्यालय गौरव गर्न लायक अवस्थामा आइपुग्न सफल भएको देवकोटाको भनाइ थियो । कुलपति गुरुङले पनि न्यासिक परिषदको नेतृत्व गरी देवकोटाले विश्वविद्यालय सञ्चालनमा सहजीकरण गरेको स्मरण गरे ।

रजिस्ट्रार डा कैलाश तिमिल्सिनाले डा देवकोटासँग काम गर्दा निकै खुलापन र सकारात्मक पाएको अनुभव सुनाए । डा देवकोटा इथिक्सको सवालमा निकै संवेदनशील पाएको उनको भनाइ थियो ।

प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव हेमराज सुवेदीले विश्वविद्यालयका लागि सरकारका तर्फ सधै साथ र सहयोग रहने बताए । उपकुलपति डा नवराज देवकोटाले कुलपति मुख्यमन्त्री नरही प्राज्ञिक कामको जिम्मेवारी प्राज्ञिक व्यक्तित्वलाई नै दिने गण्डकी विश्वविद्यालय नै नेपालको एकमात्रै विश्वविद्यालय रहेको बताए । न्यासिक परिषदका निवर्तमान अध्यक्ष डा देवकोटा प्राप्त जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने व्यक्तित्व भएको उपकुलपति देवकोटाले बताए ।

विश्वविद्यालयको जनशक्ति व्यवस्थापन समितिका संयोजक प्राडा विश्वकल्याण पराजुलीले डा देवकोटा बागमती प्रदेश सभा सदस्य भएसँगै अन्तरप्रदेश सहयोग आदानप्रदान गर्न पाइने अपेक्षा सुनाए । विश्वविद्यालयका सह प्रशासक डोलराज सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…
  • अन्नपूर्ण र माछापुच्छ्रेमा नेराशि संगठनको अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकामा मार्च टु लोकल लेबल २०२४ कार्यक्रम शनिबार सम्पन्न भएको छ । सांगठनिक…

hero news full width

trending post

ट्रेन्डिङ्ग