शिवशक्ति माविको ६४ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ १६, २०७९
Shvashakti (3)~main

पोखरा। पोखराको फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयले सोमबार ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । २०१६ सालमा स्थापित विद्यालयलाई अभिभावक र विद्यार्थीको आकर्षणको केन्द्र बनाउन स्थानीयको भूमिका महत्वपूर्ण रहने सुझाव सो अवसरमा वक्ताले राखे । साथै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको आवश्यकता समेत सो अवसरमा औंल्याइयो ।

गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री विन्दुकुमार थापाले कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा उनले उत्कृष्ट शिक्षक शिक्षिकालाई सम्मान गरे । सम्मानित हुनेमा अम्बिका पण्डित बास्तोला, गोविन्दप्रसाद अधिकारी र भोजराज बास्तोला छन् । प्राथमिक, आधारभूत र मावि तहको उत्कृष्ट शिक्षकको रुपमा उनीहरुलाई विद्यालयले सम्मान गरेको हो । विभिन्न व्यक्तित्व र परिवारबाट स्थापित अक्षयकोष अन्तर्गतका छात्रवृत्ति र यससम्बन्धी रकम समेत सो अवसरमा वितरण गरिएको थियो । विद्यालयका विद्यार्थी सम्मिलित राष्ट्रिय सेवा दलले कार्यक्रममा मार्चपास गरी खुकुरी ड्रिल प्रस्तुत गरेको थियो । कार्यक्रममा विद्यार्थीले नाचगान र सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरे ।
सो अवसरमा पूर्व मन्त्री थापाले शिवशक्ति माविको भौतिक र शैक्षिक प्रगतिमा विद्यालय परिवार, अभिभावक र स्थानीयको महत्वपूर्ण भूमिका रहेको बताए । उनले विद्यालय पोखरा ११ को गौरवको रुपमा रहेको भनाइ राखे ।

वार्षिकोत्सव अवसरमा शिक्षकहरु अम्बिका पण्डित बास्तोला, गोविन्दप्रसाद अधिकारी र भोजराज बास्तोला सम्मानित

विद्यालयलाई विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र तथा एउटा हवको रुपमा विकास गर्न स्थानीय तथा अभिभावकको महत्वपूर्ण भूमिका रहने बताए । समय र बजारको माग अनुसार गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको उलने बताए । विद्यालयको थप भौतिक विकासका लागि आफ्नोतर्फबाट सहयोग रहने वचन पनि उनले दिए ।

विद्यालयका प्रधानाध्यापक शम्भुराज बास्तोलाले विद्यालयको इतिहास र वर्तमान अवस्था तथा भविश्यको योजनाबारे प्रकाश पारेका थिए । बाल शिक्षा निकेतन रुपमा स्थापना भएको विद्यालयले आर्थिक संकलनका लागि २०६६ सालमा श्रीमदभागवत् महायज्ञ आयोजना गरेको स्मरण गराउँदै उनले भौतिक पूर्वाधारतर्फ अहिले विद्यालय सवल रहेको जानकारी दिए । १४ रोपनीमा विद्यालय संचालन भइरहेको र यस बाहेक समिताराको २६ रोपनीमा विद्यालयले भाडामा लगाएर आम्दानी समेत गर्दै आएको उनले बताए । जग्गादाता स्व. नन्दप्रसाद बास्तोला, स्व. विश्वनाथ आचार्य र शाकिलराम आचार्यलाई पनि उनले स्मरण गरे ।

बाल उद्यान, खेल मैदान, सभाहल, सिसिटिभी क्यामेराहरु र इन्टरनेट सुविधा समेत रहेको विद्यालयमा अंग्रेजी माध्यममा समेत पढाइ हुने गरेको उनले सुनाए । विद्यालयमा हाल ४ सय १९ विद्यार्थी र २८ जना शिक्षक छन् ।

खेलकुद मैदान स्तरोन्नति, चमेनागृह निर्माण र गुणस्तरीय शिक्षामा थप जोड दिएर अगाडि बढ्ने विद्यालयको योजना रहेको उनले बताए । अंग्रेजी माध्यमको पढाइलाई माथिल्ला कक्षासम्म नै विस्तार गर्ने सोच पनि उनले सुनाए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं कार्यक्रमका सभापति दामोदर बास्तोलाले शिवशक्ति मावि एक सफल र सक्षम विद्यालयको रुपमा रहेको बताउँदै आगामी दिनमा यसले शैक्षिक गुणस्तर समेत थप सुधार गर्दै लैजाने विश्वास व्यक्त गरे । अब्बल र गुणस्तरीय विद्यालयका रुपमा कायम हुन आवश्यक पर्ने सूचकांक प्राप्त गर्न विद्यालयले विज्ञ टोली गठन गरेको र टोलीले काम गरिरहेको जानकारी पनि उनले दिए ।

सहायक प्रधानाध्यापक बालकृष्ण बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयले प्रवेश परीक्षा लिएरमात्र विद्यार्थी भर्ना गर्ने गरेको जनाए । कतिपय अवस्थामा अभिभावक बोलाएर विद्यालयको गुणस्तर सुधारका लागि छलफल र अन्तरक्रिया पनि हुने गरेको उनले बताए । विद्यार्थीलाई समेत आवश्यक पर्दा परामर्श दिने, पाठ्यक्रम बाहेक कला, साहित्य र अतिरिक्त क्रियाकलाप तथा खेलकुदका कार्यक्रममा समेत समावेश गराउने गरिएको उनले अवगत गराए । विद्यालयको आफ्नै स्टिम ल्याब रहेको जानकारी दिंदै उनले आगामी दिनमा विद्यालयमा विज्ञान संकाय संचालन गर्ने र प्राविधिक शिक्षालय चलाउने योजना रहेको उनले सुनाए ।

Related News

सम्बन्धित समाचार

  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…
  • अन्नपूर्ण र माछापुच्छ्रेमा नेराशि संगठनको अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकामा मार्च टु लोकल लेबल २०२४ कार्यक्रम शनिबार सम्पन्न भएको छ । सांगठनिक…

hero news full width

trending post

ट्रेन्डिङ्ग