केफ माविको वार्षिकोत्सवमा सम्मान

आदर्श समाज सम्वाददाता
माघ १६, २०७९
Kef school

पोखरा । करुणानिधि एजुकेसन फाउन्डेसन (केफ) मावि, पोखरा–१ को २९ औं वार्षिककोत्सव विविध कार्यक्रमका साथ सोमबार सम्पन्न भयो ।

वार्षिकोत्सव अवसरमा विद्यालयले विभिन्न महानुभावलाई सम्मान ग¥यो । सम्मानित हुनेमा विद्यालयका संस्थापक प्राचार्य, पूर्व निर्देशक एवं जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लोकराज भण्डारी, पत्रकार शोभाकान्त सिग्देल, भूपू विद्यार्थी मिस कल्चर नेपाल–२०२० प्रतीक्षा बास्तोला, शैक्षिक सत्र–२०७८ मा कक्षा १२ को बोर्ड परीक्षामा व्यवस्थापन संकायतर्फ कास्कीमै सर्वोत्कृष्ट छात्र साहिल गुरुङ र कानुनतर्फ गण्डकी प्रदेश सर्वोत्कृष्ट छात्राद्वय आकृति पराजुली र स्वेच्छा गौतम हुन् ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, विद्यालय अध्यक्ष रामचन्द्र पौडेल, सल्लाहकार सोमनाथ प्यासी र विद्यालयका प्राचार्य डिल्लीराम अधिकारीले सम्मानपत्र, दोसल्ला र मालाले उनीहरुलाई सम्मान गरेका थिए ।

सो अवसरमा कुलपति प्राडा गुरुङले काँचो माटोलाई भगवान् बनाउनु छ भन्दै आजका बालबालिका भोलिका कर्णधार भएको बताए । विद्यालयले शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गरेकोमा बधाई दिंदै हाल प्रदेशमा विज्ञान र गणितका शिक्षकको अभाव खड्किरहेकोमा उक्त जनशक्ति उत्पादनमा ध्यान दिन पनि आग्रह गरे । उनले चौतर्फी विकासका लागि विद्यार्थीलाई हरेक शैक्षिक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सल्लाहकार समिति अध्यक्ष सोमनाथ प्यासी, हिसान उपाध्यक्ष बाबुराम पन्त, व्याब्सन केन्द्रीय सदस्य प्रेमप्रसाद शर्मा, हिसान कास्की अध्यक्ष यमबहादुर रोका, शिक्षक अभिभावक संघ अध्यक्ष वसन्त बास्तोला र भूतपूर्व विद्यार्थी मञ्चका रोशन तिमिल्सिनाले मन्तव्य राखेका थिए ।

विद्यालय प्राचार्य डिल्लीराम अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हासिल गरेका उपलब्धिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा छात्रछात्राले गीत, नृत्य, नाटक लगायत सांस्कृतिक भेषभूषा पनि प्रदर्शन गरेका थिए ।

विद्यालय अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपप्राचार्य भानुभक्त पोखरेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…
  • अन्नपूर्ण र माछापुच्छ्रेमा नेराशि संगठनको अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकामा मार्च टु लोकल लेबल २०२४ कार्यक्रम शनिबार सम्पन्न भएको छ । सांगठनिक…

hero news full width

trending post

ट्रेन्डिङ्ग