‘अधिकार प्राप्तिमा महिलाको भूमिका महत्वपूर्ण’

आदर्श समाज सम्वाददाता
माघ १६, २०७९
dy mayor

पोखरा ।  पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले अधिकार प्राप्तिका आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।

पोखरा महानगरपालिका वडा १५ ले सोमबार आयोजना गरेको महिलाको सशक्तीकरण एवं क्षमता अभिबृद्धि कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् । उपप्रमुख गुरुङले महिलाहरु राजनीतिक, सामाजिक, व्यावसायिक लगायत सबै क्षेत्रमा स्थापित हुनुपर्ने उनको जोड छ । ‘संविधानमा धेरै अधिकारको व्यवस्था छ,’ उनले भनिन्, ‘संविधानमा उल्लेखित अधिकारका विषयमा जानकारी भएपछि मात्रै राजनीतिक र सामाजिक रुपमा स्थापित हुन सहज हुन्छ ।’ उनले महानगरपालिकाको समग्र विकासमा जोड दिइन् । उनले भनिन्, ‘सडक, पुल, भवन निर्माण मात्रै हैन महिला, ज्येष्ठ नागरिक, बालबालिका लगायत सामाजिक क्षेत्रको विकास पनि अनिवार्य छ ।’

महिलाहरु सामाजिक, राजनीतिक, व्यावसायिक शैक्षिक रुपमा स्थापित गराउने कुरा भाषण र नाराले मात्रै नहुने बताउँदै कार्ययोजना, प्रशिक्षण र क्षमता अभिबृद्धि हुनुपर्नेमा उनको भनाइ छ । उपप्रमुख गुरुङले महिलाहरु सबल र सक्षम हुन आर्थिक रुपमा बलियो हुनुपर्ने र त्यसका लागि आर्यआर्जनसँग जोडिनुपर्ने बताइन् । आर्थिक अभावमा केही गर्छु भन्ने महिलाहरुका लागि सस्तो ब्याजमा कर्जा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको बताए ।

पोखरा १५ का वडाअध्यक्ष तोरणबहादुर बानियाँले महिला सशक्तीकरण अभियान फागनुसम्म चल्ने बताए । उनले तालिममा २२ वटा आमा समूह र टोल विकास संस्थाका अगुवा महिलाको सहभागिता रहेको जनाए ।

कार्यपालिका सदस्य इन्दिरा परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य सेतीमाया गुरुङ र संचालन वडासचिव आविस्कार पौडेलले गरेका थिए । विभिन्न चरणमा दिइने तालिमका प्रमुख प्रशिक्षक पत्रकार एवं सामाजिक अभियन्ता सुष्मा पौडेल हुन् । उनले पहिलो दिन सकारातमक सोच तथा उत्प्रेरणासम्बन्धी तालिम दिइन् । पहिलो चरणको तालिममा सानीपाटन टोल, कोलपाटन आमा समूह, बेलबोट आमा समूह, विश्वकर्मा समाज नेपाल, भगवतीटार आमा समूह र स्यानी मजुवा टोल आमा समूहको सहभागिता छ । तालिममा हसिना बस्नेतले पनि सहजीकरण गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

  • मादल बजाउने तालिम

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    गलेश्वर । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको…
  • मकैको खोस्टाबाट फूल बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    लेखनाथ । पोखरा ३० मा सुकेको मकैका खोस्टाबाट फूल बनाउने तालिम दिइएको छ । दलित तथा जनजाति उत्थान एवंं विपन्न…
  • महिलाको लगानीमा सरफ उद्योग सञ्चालन   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    तनहुँ ।  तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा…
  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…

hero news full width