लेकसाइडमा पर्यटक र अपाङ्गमैत्री स्मार्ट शौचालय बनाइने

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७९
bagaincha tole

पोखरा । बगैंचा टोल विकास संस्था, पोखरा ६ को तेस्रो वार्षिक साधारण सभा सोमबार भएको छ । सभा उद्घाटन गर्दै वडाअध्यक्ष विष्णुबहादुर भट्टराईले बैदाममा रहेको अरु टोल विकास संस्थाको तुलनामा बगैंचा पृथक रहेको बताए । वडामा हुने प्रत्येक गतिविधिमा टोल विकास संस्था अग्रसर रहिरहेको र आफ्नो टोलमा सरसफाइदेखि विभिन्न सामाजिक कार्य गर्दै आएकोमा धन्यवाद व्यक्त गरे ।

बैदाम क्षेत्रलाई ‘उज्यालो बैदाम’ बनाउने कार्यमा वडा कार्यालय लागिपरेको जानकारी दिंदै बैदाम क्षेत्रका मुख्य चोक र भित्री बाटामा ३० देखि ५० बाटका बिजुलीका बल्ब राख्न वडाबाट ८ लाख रुपैयाँको टेन्डर आव्हान गरी काम अगाडि बढेको जानकारी दिए । बैदाम पर्यटकको प्रमुख आर्कषण केन्द्र रहेको स्मरण गर्दै ६ ठाउँमा पर्यटक र अपाङ्गमैत्री स्मार्ट शौचालय बनाउने योजना रहेकोले महानगरसँग बजेट निकासाका लागि छलफल भइरहेको बताए ।

फेवा डुंगा व्यवसायी संगठन बैदामका अध्यक्ष बलराम गिरिले संस्थालाई गतिशील र जीवन्त बनाउन संस्थामा आवद्ध व्यक्तिहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

वडा सदस्य बासु बरालले वडाको विकास निर्माणका लागि वडा समितिको कार्यालय स्थानीय संघसंस्थाहरुसँग सहकार्य गरी अगाडि बढने प्रतिबद्धता ब्यक्त गरे ।

अध्यक्षको आसनबाट बोल्दै संस्थाका अध्यक्ष मीना ढकालले संस्थाको शाख जोगाइराख्न संस्थाका सपूर्ण सदस्यको विशेष भूमिका रहने बताइन् । उनले सहमति र सहकार्यबाट नै संस्था सफल हुने औल्याइन् । कार्यक्रममा उपाध्यक्ष उर्मिला ढकाल, सचिव रेनु लामिछाने र कोषाअध्यक्ष राम ढकाल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width