पोखरा । दलित समुदायले चलाएको सामुदायिक होमस्टे आँपस्वाराको प्रवद्र्धन गर्न कन्सेप्ट नेपालले २६ जना स्थापित लेखकलाई घुमाएको छ । तनहुँको व्यास नगरपालिका–१३, स्थित आँपस्वारामा कन्सेप्ट नेपालले असार १५ देखि १७ गतेसम्म ‘आँपस्वारा काव्य यात्रा २०७९’ आयोजना गरेको हो ।
आँपस्वारामा विश्वकर्मा समुदायका १८ घरमा होमस्टे सुविधा छ । यहाँ विसं. २०७२ सालदेखि होमस्टे सञ्चालन गरिएको हो । लेखकहरूले २ दिन होमस्टेमा बसेर गाउँलेसँग अन्तक्र्रिया गरे ।
दमौली बजारबाट ६ किलोमिटर पूर्वमा रहेको आँपस्वारा रमणीय गाउँ हो । ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, हिमालय दर्शन र अर्गानिक खाना यहाँका विशेषता हुन् । गाउँबाट अन्नपूर्ण हिमशृंण्खला, दमौली बजार, छाब्दीवराह मन्दिर, मानहुँकोट, सेती हाइड्रो पावर र सुन्तला बगान देखिन्छ ।
छुवाछुतविरुद्ध ऐक्यबद्धता जनाउन, गाउँलेको सुखदुख बुझ्न, पर्यटनकर्ममा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्न लेखकलाई त्यहाँ पुर्याइएको हो ।
काव्य यात्रामा लेखकहरू ध्रुव मधिकर्मी, अभय श्रेष्ठ, सागर उदास, भूपिन, गनेस पौडेल, हेमन्त विवश, मनीषा गौचन, सुमन थापा ‘संगम’, उषा थपलिया, केशव सिग्देल, रमि प्रिया, लोकराज भट्ट, मेघराज आचार्य, सम्झना रसाइली, कृष्णगोपाल श्रेष्ठ, सुरेन्द्र राना, सुजिता कार्की, राजकुमार गजुरेल, भवानी शिलाकार, प्रकाश गुरुङ, घनश्याम पौडेल, सुरज उपाध्याय, कवि अमृत, सञ्जीव पौडेल, तारानाथ पहारी र अमृत भादगाउँले सहभागी थिए ।
काव्य यात्राको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड थियो भने सहयोगीमा व्यास नगरपालिका ।
यात्राका संयोजक पत्रकार अमृत भादगाउँलेका अनुसार काव्य यात्रा सफल भयो । अब आँपस्वारा गाउँको युट्युब भिडियो, बुकलेट र ब्रोसरसहित प्रचारात्मक सामग्री पनि उत्पादन गरिने बताइएको छ ।
यसैबीच ‘आँपस्वारा काव्य यात्रा–२०७९’ का अवसरमा असार १६ गते आँपस्वारा गाउँका ४ जना कलाकर्मीलाई आयोजक कन्सेप्ट नेपालले जनही १० हजार रुपैयाँसहित ‘आँपस्वारा काव्य सम्मान–२०७९’ अर्पण गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि व्यास नगरका मेयर वैकुण्ठ न्यौपाने थिए भने माटोका गहना बनाउने मेनुका विक, आरनको काम गर्ने डिलबहादुर विक, मादल बजाउन सिपालु सुन्दर विक र बाँस तथा निगालोका सामान बनाउने कलाकार तुलसीबहादुर मगरलाई सम्मान गरिएको थियो ।
‘यस्तो सम्मान पाइएला भनेर सपनामा पनि चिताएकी थिइनँ,’ ५९ वर्षिया कलाकार मेनुका विकले भनिन् ।
Related News
सम्बन्धित समाचार
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
गल्फ लुब्रिकेन्टको डिलर मिट
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
प्रेस युनियन पदाधिकारीको सम्मान
ढिकुरपोखरीमा रेडक्रस परिचयात्मक कार्यक्रम
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९