पोखरामा खुल्यो टाइटनिक सेक्युरिटी

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७८
Titanic Security Photo

पोखरा । टाइटनिक सेक्युरिटी म्यानेज्मेन्टले पोखरको पृथ्वीचोकबाट औपचारिक सेवा सुरु गरेको छ । सुरक्षाका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको कम्पनीको कार्यालयको गण्डकी ट्राफिक प्रहरी कार्यालयका प्रमुख गोविन्द अधिकारीले उद्घाटन गरे ।
७ महिनाअघि सफ्ट ओपनिङ गरी सेवा सुरु गरेको कम्पनीले बिहीबार विधिवत् कार्यालय उद्घाटन गरेको कम्पनीका अध्यक्ष शुक्रराज पोखरेलले जानकारी दिए । उक्त अवसरमा कम्पनीले ट्राफिक सचेतना कार्यक्रम पनि गरेको थियो । सेक्युरिटी तालिम लिइरहेका २५ जना प्रशिक्षार्थीलाई ट्राफिक प्रहरी नायव निरीक्षक शिवप्रकाश पाठकले ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिएका थिए । त्यसलगत्तै प्रशिक्षार्थीले पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, चिप्लेढुंगा, महेन्द्रपुल लगायत क्षेत्रमा पुगी सवारीचालक तथा पैदलयात्रीलाई ट्राफिक नियमबारे सचेत गराएका थिए ।
ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रमुख अधिकारीले विदेशमा सिकेको सीप नेपालमा नै व्यवहारमा लागु गरी विभिन्न कम्पनी तथा अफिसको सुरक्षा प्रदान गर्ने उद्देश्य राखेर सेक्युरिटी कम्पनी सञ्चालनमा ल्याइएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा दक्ष तालिम प्राप्त सेक्युरेटी गार्डहरु उत्पादन गरी अत्याधुनिक तवरले सुरक्षा दिने तर्फ सञ्चालकले ध्यान दिनुपर्नेमा समेत जोड दिए ।
ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख अमृतबहादुर बस्नेतले आधुनिक जमानासँगै सेक्युरिटी गार्ड कम्पनीहरुले समेत आधुनिक तवरले सुरक्षा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सुरक्षा व्यवसायी संघ गण्डकी अध्यक्ष चन्द्रबहादुर, सचिव विष्णु तिवारी लगायतले युवालाई स्वरोजगार बनाउन सेक्युरिटी कम्पनीहरुले ठूलो भुमिका खेलेको बताए ।
कम्पनी अध्यक्ष पोखरेलले सेक्युरिटी गार्डले अफ्ठ्यारो परिस्थिति सामना गर्नुपर्ने भएकाले यो पेसा अति संवेदनशील भएको बताए । उनले आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने उद्देश्य राखेर पोखरामा संचालनमा ल्याएको कम्पनीको छिट्टै नै लुम्बिनी र बागमती प्रदेशमा शाखा कार्यालय खोल्ने योजना रहेको सुनाए । कम्पनीले आगामी दिनमा वेटर, हाउसकिपिङ, वारिष्टा र फेसिलीटी म्यानेजमेन्टको निशुल्क कक्षा सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । विभिन्न संघ संस्थासँग मिलेर सामाजिक कार्य, प्राथमिक उपचारसम्बन्धी प्रशिक्षण कार्यक्रम गर्ने योजना रहेको उनको भनाइ थियो ।
–धनबहादुर गुरुङ, विद्यार्थी पत्रकार

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post

ट्रेन्डिङ्ग