नेसनल प्याब्सनको अध्यक्षमा एपेक्स लाइफ स्कुलका सुवास न्यौपानेको उम्मेदवारी घोषणा

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७८
274625764_699765741194978_1969741607539816467_n

काठमाडौं ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान महासचिव सुवास न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उहाँले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सो सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एपेक्स लाइफ स्कूलका संस्थापक एवम कार्यकारी निर्देशक न्यौपानेले आज पत्रकार सम्मेलन गरेर संस्थागत विद्यालयका हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी हुने बताउनुभयो । सो सङ्गठनको महाधिवेशन यही फागुन २२ र २३ गते बाँकेको नेपालञ्जमा हुँदैछ ।

नेशनल प्याब्सनको काठमाडौँ जिल्लाका पूर्वअध्यक्ष न्यौपानेले अग्रज र सक्रिय विद्यालय सञ्चालकले आफूलाई समर्थन गर्ने र आपसी परामर्शबाट अन्य पदाधिकारी तय गर्ने बताउँदै संस्थाको आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने, प्राकृतिक विपद् राहत कोषमा रकम वृद्धि गर्नेसहित १३ बुँदे योजना सार्वजनिक गर्नुभयो ।

पूर्वअध्यक्ष कर्णबहादुर शाहीलगायतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत लामो समयेदेखि नेपालमा स्थापित रहेका निजी तथा आवासीय विद्यालयले शैक्षिक उन्नयनका लागि ठूलो योगदान गरेको र देश सुहाउँदो सर्वाङ्गीण विकासका लागि आवश्यक शैक्षिक जनशक्तिको निर्माण गरी देशको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरणतर्फ अघि बढाउने दायित्वबाट निजी विद्यालय कहिल्यै पछि नपरेको बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…
  • दीपक समीप पुरस्कृत

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल संगीत तथा नाट्य…

hero news full width

trending post

ट्रेन्डिङ्ग