लमजुङ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युतीय ऊर्जाको खपत बढाउन अपिल गरेकी छन् । नेकपा (माओवादी केन्द्र) लमजुङको दोर्दी गाउँ कमिटीको घोषणा सभा उद्घाटनमा आएकी उनले दोर्दी करिडोरमा निर्माणाधीन ४ जलविद्युत आयोजना निरीक्षणपछि त्यस्तो बताएकी हुन् ।
उनले भान्सामा एलपी ग्यासको सट्टा विद्युतीय उपकरण प्रयोग गर्न र अन्यत्र पनि सकेसम्म विद्युत ऊर्जाको उपयोग गर्न आग्रह गरिन् । पेट्रोलियम पदार्थ खरिदमा मुलुकबाट बर्सेनि विदेश जाने खर्बौं रुपैयाँ बचाउन विद्युत प्रयोग गर्न र त्यसबाट बचेको रकम विकासका अन्य कार्यमा लगानी गर्न सकिने उनको तर्क थियो ।
उनले आफू सरकारमा आएको मात्र २७ दिनमै २० युनिटसम्म विद्युत खपत गर्ने परिवारका लागि विद्युतको सेवा निशुल्क गरेको र सो सुविधा मंसिरदेखि लागु भइसकेको बताइन् । २० युनिटसम्म विद्युत खपत गर्ने त्यस्ता परिवार मुलुकभर २६ लाख लाभान्वित भएको उनको भनाइ छ । उनले विद्युतलाई यातायात र औद्योगीकरणमा खर्चिने योजना तयार गरेको पनि बताइन् ।
दोर्दी करिडोरमा मात्र ४ वटा विद्युत आयोजना निर्माण अन्तिम चरणमा छन् । ती आयोजनाबाट उत्पादित विद्युत एउटै प्रसारण लाइनबाट राष्ट्रिय प्रसारण लाइनमा जडान गरी वितरणको प्रबन्ध गरिने पनि मन्त्री भुसालले जानकारी दिइन् ।
यसैबीच, उनले पाँचदलीय गठबन्धन आगामी चुनावसम्म निर्धक्क चल्ने जिकीर गरिन् । नेकपा माओवादी केन्द्र, दोर्दी गाउँ कमिटीको प्रथम अधिवेशन घोषणा सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी मन्त्री भुसालले अहिले ७ वटै प्रदेशमा गठबन्धनको सरकार रहेको र आगामी चुनावसम्म पनि गठबन्धन सरकारकै नेतृत्व चल्ने उनको दाबी थियो ।
निशुल्क २० युनिटसम्म विद्युत खपत गर्ने २६ लाख परिवार लाभान्वित भएका छन्
राष्ट्रियता र संविधानको रक्षा, जनताको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति पाँचदलीय गठबन्धन बनाइएको भन्दै उनले ठूलो मूल्य चुकाएर ल्याएको नेपालको परिवर्तन र त्यसका अगाडि आउन सक्ने प्रतिगमन, प्रतिक्रान्तिलाई पराजित गर्न सहकार्यद्वारा अघि बढ्ने गठबन्धनको प्रतिबद्धता रहेको स्मरण गरिन् । उनले देशमा राजनीतिक परिवर्तन माओवादीको बलमा प्राप्त भएको जिकीर गर्दै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता मुद्दा माओवादीले उठाएको दाबी गरिन् । उनले अब वैज्ञानिक समाजवाद हुँदै साम्यवादको यात्रामा अघि बढ्न माओवादी बलियो भएर उभिनुपर्नेमा जोड दिइन् ।
गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले प्रदेश सरकारका जनताको स्वास्थ्यप्रति संवेदनशील रहेको र त्यस्ता कार्ययोजना लागु गरिसकेको बताइन् ।
कार्यक्रममा एमालेका दोर्दी गाउँ कमिटी अध्यक्ष युवराज अधिकारी, नेकपा एकीकृत समाजवादी दोर्दीका संयोजक रणबहादुर घले, माओवादी पार्टीका जिल्ला समन्वय समिति सदस्य एवं दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ लगायतले बोलेका थिए । यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य देवेन्द्र पौडेल, जिल्ला इन्चार्ज पारसमणि पौडेललगायत पार्टीका जिल्ला तथा स्थानीय तहका नेताको सहभागिता थियो । माओवादी केन्द्र, दोर्दी गाउँ कमिटी अध्यक्ष सागर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रवीन्द्र अधिकारीले स्वागत र सञ्चालन धर्म गुरुङले गरेका थिए ।
यसैबीच, मन्त्री भुसालले नेकपा माओवादी केन्द्र, दोर्दी गाउँ कमिटिको प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष सागर गुरुङ नेतृत्वको ४३ सदस्यीय पालिका कमिटीका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराएकी छन् ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१