गण्डकीमा २६९ संक्रमित, ४ को मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०७८
gandaki pradesh corona map

पोखरा । गण्डकी प्रदेशमा २ सय ६९ संक्रमित थपिएका छन् । सोमबार १ हजार ३९ जनाको नमुना परीक्षणमा २५.८९ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो ।
कास्कीमा ७४ पुरुष र ९० जना महिला गरी १ सय ६४ थपिए । म्याग्दीका ४, पर्वत १, गोरखा र लमजुङमा १७/१७ जनामा कोरोना पोजेटिभ भएको छ । यस्तै, तनहुँ ४, बागलुङ ९, स्याङ्जा २८ र नवलपुरका २५ संक्रमित भएका छन् । योसँगै प्रदेशमा संक्रमितको कुल संख्या ७९ हजार २६ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय ५४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २ सय ५ पुगेको छ ।
नेपालभर पछिल्लो २४ घण्टामा १ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय ४ पिसिआर परीक्षणमा सोमबार थप १ हजार ५ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, एन्टिजेन विधिद्वारा गरिएको २ हजार ६ सय २२ परीक्षणमा २ सय ५३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ३ सय २६ परीक्षणमा १ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४८ हजार ९ सय ८१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २४ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ९७ छ ।
गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कास्कीका ३ सहित स्याङ्जा १ जनाको कोरोनाबाट ज्यान गएको हो । जसमा पोखरा २६ का ८२ वर्षीय पुरूषकोे मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा १० की १ सय २ वर्षीया महिलाको होम आइसोलेसनमा निधन भएको छ । पोखरा १५ की ३५ वर्षीय महिलाको मणिपाल शिक्षण अस्पताल र स्याङजा गल्याङ नगरपालिका ३ का ६८ वर्षीय पुरूषको गल्याङ अस्पतालमा उपचारक्रममा मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २ सय ४३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २४ सहित कुल १० हजार ५ सय ३३ को मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width