पोखरामा कुशाकको बुकिङ खुला

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७८
received_150677277142196
जर्मनी प्रविधिको स्कोडा गाडीको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स बनेको छ ।
स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले एस.एस.एल. मोटर्सलाई बिक्रेता नियुक्त गरेको हो ।
पोखराको नयाँबजारमा रहेको एस.एस.एल. मोटर्सले स्कोडा गाडीको बिक्री तथा बुकिङ सुरु गरिसकेको छ । डिलर सुरु गरेसँगै प्रा.लि.ले स्कोडाको बहुप्रतिक्षित एसयुभी कुशाकको बुकिङ पनि सुरु गरिसकेको छ ।
स्कोडाको कुशाक एसयूभी केही अगाडि मात्रै नेपाली बजारमा सार्वजनिक भएको हो । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन ट्रिममा उपलब्ध हुने स्कोडा कुशाक सबै गरी ५ भेरिएन्टमा बजारमा उपलब्ध छन् । स्कोडा कुशाकको सुरुवाती भेरिएन्ट एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । एम्बिसन म्यानुअल ट्रान्समिसनको मूल्य ५३ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । स्टाइल म्यानुअल ट्रान्समिसनको मूल्य ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
रोबस्ट र मस्कुलर लुक रहने कुशाकले नेपाली एसयूभीप्रेमीको मन जित्ने कम्पनीले अपेक्षा गरेको छ । कुशाकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फगल्याम्प छ । रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल छ । पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्याप–अराउन्ड एलडी टेललाइट छ ।
यसको इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुनेछ । यसमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर छ ।
सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम छ । इएससी सबै भेरिएन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ । स्कोडा कुशाकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टीएसआई इन्जिन हुनेछ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो । टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । शोरुममा कुशाकसँगै र्यापिड गाडी पनि बिक्रीका लागि उपलब्ध छ ।

Related News

सम्बन्धित समाचार

hero news full width