पोखरा । गुरुङ समाज मकाउ चीनले मादी १, साेंधाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ । असार पहिलो साता मादी नदीमा आएको बाढीले घर जग्गामा क्षति पुर्याएपछि सोंधाका ८ घर परिवार पूर्णरुपमा विस्थापित भएका छन् । उनीहरु स्थानीय दूधपोखरी माविको भवनमा आश्रय लिइरहेको छन् । बाढीले सोंधा, तप्राङ, थाक, छाकचोकका गरि करिब ४९ घरमा क्षति पुर्याएको थियो ।
प्रभावितलाई मकाउमा कार्यरत मादी गाउँपालिका र पोखरा १३ मा बसोबास गरि हाल मकाउमा कार्यरत युवाको पहलमा राहत जुटाउन प्रयत्न गरेपछि उक्त अभियानमा गुरुङ समाज मकाउले साथ दिँदा ३ लाख ५१ हजार बराबरको राहत सामग्री बाँड्न सफल भएको समाजका निवर्तमान अध्यक्ष राजेश गुरुङले बताए ।
समाजका अध्यक्ष लिलबहादुर गुरुङ (गोरे), सचिव भीम गुरुङ, मादी १ सोंधाका याम गुरुङ, टिकप्रसाद गुरुङ र नरेश गुरुङ, अमृत गुरुङको विशेष पहलमा उक्त रकम संकलन गरिएको हो ।
राहत वितरण कार्यक्रमलाई तमु समाज मकाउका सदस्य टिकप्रसाद गुरुङ, लेखबहादुर गुरुङ, खरजंग गुरुङ लगायत समन्वय गरेका थिए । कार्यक्रम व्यवस्थापन दूधपोखरी युवा क्लब सोंधाले गरेको हो ।
समाजले ४९ घरपरिवारलाई चामल, कम्बल, नुन, तेल, दाल, मास्क लगायत सामग्री वितरण गरेको छ । स्थानीय युवा क्लबलाई ३० हजार, आमा समूहलाई बाढीपीडित तथा बस्ती संरक्षण कोषमा रहने गरी १ लाख ५५ हजार आर्थिक सहयोगसमेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१