अदालतका कर्मचारीको हत्या भएको पुष्टि

रासस
असार २९, २०७८
murder_Fotor

मङ्गलबारे । उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो । सोमबार कार्यालय परिसरकै बलेँसीमा मृत फेला पर्नुभएकी विमलाको हत्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा गार्डका रूपमा कार्यरत प्रहरी युवराज बानियाँले गरेको खुलेको छ ।

मुख्य न्यायाधीश हाल बिदामा रहेकाले कोठाको साँचो सुरक्षा गार्ड बानियाँसँग नै रहेकाले सो स्थानमा घटना घटेको हुनसक्ने अनुमान प्रहरीको छ । अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार धनकुटा होलीखर्क–५ घर भई इलाममा कार्यरत अभियुक्त बानियाँ र मृतक कर्मचारीबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ । उहाँहरूबीच पैसाको बार्गेनिङ भएको बानियाँको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

मृतक महिलाको दाँहिने नाडीमा चोट भएको बताइएको छ । बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको बताएको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गए पनि मृत फेला परेकी महिला उच्च अदालतभित्रै रहेको तरकारी बारीतर्फ गएको बताइएको छ । दुई जनाबीच भनाभन भएको र घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

मृतक महिलाले लगाएको करीब दुई तोलाको सिक्रीसमेत अभियुक्त बानियाँ बस्ने ठाउँबाट बरामत गरिएको छ । मुख्य न्यायाधीश बस्ने क्वाटरको कोठामा घटना घटाइ घिसारेर लगेर बलेँसीमा फालेको अभियुक्त बानियाँले दिएको बयानमा खुलेको छ । घटनापश्चात् नै जिल्ला प्रहरी कार्यालय इलामले अभियुक्त तथा प्रहरी बानियाँलाई नियन्त्रणमा लिएको तर थप अनुसन्धानका लागि सङ्घीय प्रहरी एकाइ धरानबाट कुकुर ल्याइएको थियो । अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमलादेवी पराजुली केही समय अघिदेखि उच्च अदालत इलाम विराटनगर इजलासमा कार्यरत हुनुहुन्थ्यो । अर्धनग्न अवस्थामा फेला पर्नुभएकी उहाँ अदालतकै बलेँसीमा घोप्टो अवस्थामा फेला पर्नुभएको थियो । अभियुक्त बानियाँले हत्या गरेको स्वीकार गरे पनि बलात्कार नगरेको प्रहरीसमक्ष दिएको बयानमा बताएका छन् । यसका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

स्थानीय तथा महिला अधिकारकर्मीले २४ घण्टा सुरक्षा हुने ठाउँ र अदालतभित्र नै यस्तो घटना घटेकोमा चिन्ता व्यक्त गर्दै आएका छन् । प्रहरी कार्यालय नजिकै र सुरक्षामा खटिने प्रहरीबाट नै महिला असुरक्षित हुनुपरेको भन्दै थप चिन्ता व्यक्त गरेका छन् । इलामका प्रहरी प्रमुख श्रेष्ठले आपराध गर्ने व्यक्तिलाई सजाय दिलाउन प्रहरीले कुनै कन्जुस्याई नगर्नेसमेत दाबी गर्नुभयो । महिलाको शारीरिक परीक्षण गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • ढाकाकुमार पक्राउ

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् ।…
  • श्रीमतीको हत्या

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरामा आफ्नै श्रीमतीको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका १, नौडाँडा…
  • आफ्नै पसलमा आगो लगाउने कारागार चलान

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउने कारागार चलान भएका छन् । शुक्रबार कास्की जिल्ला अदालतको आदेशले उनीहरु कारागार…
  • बाइक मोडिफाइ गर्ने कारबाहीमा

    आदर्श समाज सम्वाददाता भाद्र २, २०८१
    पोखरा, २ भदौ । पर्यटनको राजधानी पोखरामा होहल्ला मच्चाउँदै मोटरसाइकल हुइँक्याउने चालक धमाधम कारबाहीमा परेका छन् । कास्की प्रहरीले ५ दिनभित्रमा…
  • पैसा माग्दा नदिएपछि हत्या

    नवराज पहाडी श्रावण ३१, २०८१
    लमजुङ । गत मंगलबार राति बेसीशहर नगरपालिका–११, हटियाबगैंचा गाउँकी ६२ वर्षीया वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ…

hero news full width