पोखरा । विद्यार्थीमा नेतृत्व सीप विकास गराउने उद्देश्यले गैह्रापाटनस्थित पश्चिमाञ्चल माविका विद्यार्थीलाई नेतृत्व विकास सीपको तालिम दिइएको छ ।
विद्यालयमा कक्षा ११ र १२ मा विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीलाई एकदिने सो तालिम दिइएको हो ।
एभरेष्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले विद्यार्थीलाई तालिम प्रदान गरेका थिए । नेतृत्व विकास तथा सीपबारे श्रेष्ठले विद्यार्थीलाई सिकाएका थिए ।
विद्यालयले हरेक संकायबाट प्रतिनिधित्व गर्ने विद्यार्थीको समूहलाई यो प्रशिक्षणमा राखेको विद्यालयका प्लस टु संयोजक देव क्षत्रीले जानकारी दिए ।
प्राचार्य सरोज कोइरालाले विद्यार्थीलाई अग्रसर बनाउनका लागि प्रशिक्षण दिएको बताए । ‘पछिल्लो पुस्ताका विद्यार्थी कतिपय काममा अग्रसर हुन हिचकिचाउँछन्,उनीहरुमा सक्षम नेतृत्वको सिप विकास गराउन प्रशिक्षण दिएका हौ,’ कोइरालाले भने । पश्चिमाञ्चल माविमा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, मानविकी र कानुन संकाय अध्यापन हुन्छ ।
Related News
सम्बन्धित समाचार
नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति
सामुदायिक र निजी विद्यालयमा खै समान अधिकार ?
शीतला माध्यमिक विद्यालय फेदीखोलाको शुभकामना आदानप्रदान
गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
शिवशक्तिमा शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१