पोखरा । संस्कृत युवा मञ्च नेपाल पोखराको आयोजनामा घुम्ती रक्तदान तथा सम्मान कार्यक्रम भएको छ । कोरोना महामारीका कारण पोखरामा रगत अभाव भएको भन्दै मञ्चले घुम्ती रक्तदानमा १ सय ८ युनिट रगत संकलन गरेको हो ।
स्थास्थ्य सचेतना पालना गर्दै पोखराको काहुँ, फूलबारी, सिमलचौरमा रक्तदान कार्यक्रम गरिएको मञ्चका अध्यक्ष हरिशरण पौडेलले बताए । सो अवसरमा ६८ औं पटक रक्तदान गर्ने रेडियो सराङकोटका कार्यकारी निर्देशक कृष्ण थापा, क्षत्री युवा समाजका पूर्व अध्यक्ष सुवास ढुंगानालाई सम्मान गरिएको थियो ।
हरेक वर्ष वार्षिक रुपमा रक्तदान कार्यक्रम गरिए पनि गत वर्षदेखि विभिन्न क्षेत्रमा आकस्मिक रुपमा रक्तदान सहित धर्म संस्कृति, संरक्षण अभियानमा मञ्च सक्रिय रहँदै आएको सचिव विश्वराज सापकोटाले बताए । पोखरा वडा १३ वडाध्यक्ष दर्शन लामाले कार्यक्रम उद्घाटन गर्दै युवा वर्ग रचनात्मक क्रियाकलापमा लाग्न मञ्चले भूमिका खेलेको बताए ।
मञ्च अध्यक्ष हरिशरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो सराङकोटका कार्यकारी निर्देशक कृष्ण थापा, क्षत्री युवा समाजका पूर्व अध्यक्ष सुवास ढुंगाना, रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, सल्लाहकार दीपक सापकोटा लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१