पोखरा । मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपाल (मेलान) गण्डकी प्रदेश तथा कास्की जिल्ला मेलानको स्थापना दिवसमा रक्तदान कार्यक्रम भएको छ । रक्त सञ्चार केन्द्र पोखरा प्राविधिक सहयोगमा भएको कार्यक्रममा ९२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक भरतराज सिग्देलले जानकारी दिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीले मेलानको भूमिका विषम परिस्थितिमा देशलाई परेको बेला सामाजिक उत्तरदायित्व बहन गर्न उदारणीय रहेको भन्दै प्रशंसा गरे ।
यसैबीच, पोखरा विश्वविद्यालय स्वास्थ्य संकायको डिनमा नियुक्त प्रयोगशाला विज्ञ प्राडा अमर नागिला र संस्थाका पूर्व केन्द्रीय उपाध्यक्ष ललितमान ताम्राकारलाई सम्मान गरियो ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन प्राडा नागिला, प्रदेश जनस्वास्थ प्रयोगशाला गण्डकीका निर्देशक सपना सुवेदी, पोखरा–८ का अध्यक्ष रुद्रनाथ बराल, मेलान केन्द्रीय सचिवालय सदस्य रवीन्द्र शर्मा वस्ताकोटी, रक्त सञ्चार केन्द्र प्रमुख तथा मेलान केन्द्रीय सदस्य अर्जुन ज्ञवाली लगायतले बोलेका थिए ।
मेलान गण्डकी अध्यक्ष सूर्यप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कास्की सचिव गणेश थपलियाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
संरक्षण थालिएको ताल नै सुकेपछि…
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
hero news full width
मुख्य समाचार
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१